निर्मला पन्तको न्याय माग्दै डोटीमा सान्तीपुर्ण प्रदर्शन
डोटी- बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्याय माग्दै डोटीमा शान्तीपुर्ण प्रदर्शन गरिएको छ ।
आज जिल्ला प्रहरी कार्यालय, प्रसासन कार्यलय डोटी हुँदै प्रर्दशनकारीले हातमा सेतो पर्चामा वलात्कारी सावधान ,जागेका छौ नौजवान,जहाँ महिलाको हित,त्यहाँ समाजको जित ,हामी संग नारी छ,हाम्रो अभियान जारी छ,भन्ने नारा सहित र्याली निकालेर शैलेश्वरी मन्दिर पुगी दिप प्रज्वलन गरेको थियो ।२०७५ साउन १० गते भएको पन्तको घटनाको आइतबार तीन वर्ष पुगेको छ । तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै मिसन टु सपोर्ट डोटीले शान्तीपुर्ण प्रदर्शन गरेको हो ।
उक्त समुहमा आबद्ध युवाहरुले मुलुकमा महिला हत्या हिंसा घटनामा कमि नआएको भन्दै शान्तपिुर्ण पर्दशन गरेका थिए । प्रदर्शनमा उत्रिएका विधार्थी डम्मरी ढाटले बलात्कार र हत्या गर्नेलाई कानुनी कारबाही हनु पर्ने बताईन् । उनले भनीन आज सम्म निर्मना पन्तले न्याय नपाउनु भनेको हामी सबै महिला दिदिबहिनीहरुले न्याय नपाउनु सरह भएको गनासो पोखिन ।
त्यस्तै निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो पिडा भोग्न नदिन विशेष तदारुकता बढाउन बिध्यार्थी नेता गणेश बमले सरकारसँग आग्रह गरेका छन ।
देशमा निर्मला पन्त जस्ता कयौंले न्याय पाएका छैनन, यसरी अपराधीलाई सजाय नदिलाई सरकारले छोड्ने हो भने समाजमा हत्या हिंसाका घटनाले बिकराल रुप लिने मिसन टु नेपाल डोटी का संयोजक डबल वमले बताउनुभयो । पन्तको न्याय र उनको मृत आत्माको चिरशान्तिको लागि सान्तिपुर्ण आन्दोलन गरेको छ, केहि दिन पछी पन्तको न्याय दिलाउनको लागी जिल्ला प्रशाशन कार्यलय डोटी मार्फत ध्यानाकर्षण पत्र पठाउने संयोजक बमले बताए ।
मिसन टु सपोर्ट संस्थाले समाजमा असहाय, पछी परेका जनसमुदाय, एकल महिला तथा न्याय नपाएका मान्छेको लागी संस्थाले पुर्ण रुपमा सकेजती सहयोग गर्ने संयोजक बमले बताए ।
घर नजिकै रहेको उखुबारीमा २०७५ साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो । कार्यक्रममा एम् टी एस डोटीका सदस्य , बिभिन्न स्थानीय तहका युवा , पत्रकार तथा बिधार्थिहरुको उपस्थित रहेको थियो ।
जहाँ लाग्छ नेपाली लाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट भन्ने मुल नाराका साथ स्थापना गरिएको यश एम् टी एस ले थुप्रै सामाजिक काम, अन्यायमा परेका लाई न्याय , विभिन्न दिर्घ रोगबाट ग्रसित बिपन्न परिवारलाई आर्थिक सहयोग तथा राहत बितरणका काम गर्दै आएको छ। यश एम् टी एस फेम्लिले यश भन्दा पहिले डोटीमा पनि कोरोनाका कारण ज्यालादारी गरिखाने एक बिपन्न परिवारलाई खाध्य अभाव हुदा खाध्यन्नाका सामाग्रि बितरण गरेको थियो ।