जिल्ला प्रशासन कार्यालय, डोटीमा कर्मचारी नहुदा सेवाग्राही मर्कामा

डोटी- जिल्ला कै सबै भन्दा महत्व बढी पुर्ण मानिने र अन्य सरकारी कार्यालयको समेत अनुगमन गर्ने अधिकार प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय, डोटीमा अधिकृतस्तरका कर्मचारी नहुदा सेवाग्राही मर्कामा परेका छन् ।

एक प्रमुख जिल्ला अधिकारी, एक सहायक प्रमुख जिल्ला अधिकारी, एक प्रशासकिय अधिकृत, एक अधिकृतको दरबन्दी रहेको डोटीको प्रशासनमा शुक्रबार दिउसो २ बजे सम्म अधिकार प्राप्त अधिकारी नहुदा सेवाग्राही मर्कामा परेका हुन् ।
डोटी जिल्लामा रहेको एक मात्र जिल्ला प्रशासन कार्यालयले कोभिड १९ का कारण बार अनुसार कार्य सम्पादन गर्ने कार्यसूची निकालेको भए पनि शुक्रबार उक्त कार्यालयमा हस्ताक्षर गर्ने अधिकारी नहुदा दिउसो २ बजे सम्म सेवाग्राहीहरु टनटलापुर घाममा बस्न बाध्य भएका छन एक सेवाग्राही अंक बहादुर खड्का ।

Sayalb

प्रशासन कार्यालयबाट पाईने नेपाली नागरिकता, राहादानी, जस्तो प्रमाणका लागी मात्र होईन अधिकृतको हस्ताक्षर हुनु पर्ने सामान्य पत्रहरुका लागी समेत सेवाग्राहीले दिनभर अधिकृत स्तरका अधिकारीलाई कुर्न बाध्य भएका छन ।
नेपाली नागरिकता लिनका लागी २ देखी ३ दिन कुर्दा पनी अझै सेवा नपाएको जोरायल गाउँ पालिकाका सेवाग्राही ईश्वर सिँह छेडालले बताउनुभयो ।

 

जिल्लाको शान्ती सुरक्षा, सरकारी कार्यालय सुशासन कायम गराउने जिम्मा पाएको प्रशासन जस्तो महत्वुपुर्ण कार्यालयमा २ बजे पुगेका अधिकारीलाई सेवाग्राहीको मर्काको बारेमा जानकारी गराउदा प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले प्रमुख जिल्ला अधिकारी को सरुवाको कामले काठमाडौं, सहायक प्रमुख जिल्ला अधिकारि परिक्षा को लागि बाहिर जानु भएका र आफु नया भर्ना हुन आएका प्रहरीको अन्तरबार्तामा जादा उक्त समस्या भएको बताउनु भयो।

Shaileshwori
Loading...