युएसएसबिएम डोटीद्धारा जिल्ला अस्पताललाई करिब ५ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

डोटी : उपेक्षित सामुदायिक सशक्तिकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीले जिल्ला अस्पताल डोटीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । लुथरन वल्र्ड फेडरेशन नेपालको मंगलवार संस्थाका अध्यक्ष बिष्ना सिंहले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीलाई करिब पाँच लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

Sayalb

लामो समयको प्रयासपछि अस्ताललाई उक्त सामग्री प्रदान गर्न सफल भएको संस्थाका अध्यक्ष सिंहले बताउनुभयो । जिल्लाको सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रभावित समुदायको लागि पुर्नउत्थान परियोजान अन्तर्गत जिल्ला अस्पताललाई चार लाख ९१ हजार पाँच सय १६ मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उहाले बताउनुभयो । अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको प्रति अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले संस्थालाई धन्यवाद दिनुभयो ।

अस्पताललाई हस्तान्तरण गरिएको सामग्रीमा ४८ लिटरका ८ ओटा अक्सिजन सिलिन्डर, ८ ओटा अक्सिजन रेगुलेटर, १५ ओटा अक्जिमिटर, दुई सय ५० सेट पिपिइ, एन–९५ मास्क एक सय पिस, २० बक्स सर्जिकल ग्लब्स, ५० बक्स सर्जिकल मास्क, ३० लिटर स्यानिटाईजर र एक सय ६० पिस फेस शिल्ड रहेका छन् ।

Shaileshwori
Loading...