माधव नेपालसंगै पूर्वमन्त्री प्रेम आले पनि चन्द्रागिरिमा

चन्द्रागिरिमा जारी माधव नेपाल समूहको बैठकमा केपी ओली सरकारका वनमन्त्री प्रेमबहादुर आले पनि पुगेका छन्। बैठकमा आलेसहित ३१ जना सांसद पुगेका हुन्।
केपी ओली निकट मानिने आले मन्त्री पद गुमेदेखि माधव नेपाल नजिक छन्। उनी नयाँ पार्टी दर्ताको क्रममा पनि निर्वाचन आयोग पुगेका थिए। नयाँ पार्टी निर्माणमा जुटेको नेपाल समूह पार्टीको विधाननिर्माणका लागि चन्द्रागिरिमा भेला भएका छन्।
माधव नेपाल समूह अहिले नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा छ। निर्वाचन आयोगले सो समूहको निवेदन सनाखत गरिरहेको छ। विगतमा पूर्वमन्त्री आले ओली सरकारको बचाउमा दिएका अभिव्यक्तिका कारण चर्चामा आएका थिए।

दिनेश खबरबाट साभार
