व्यक्तित्व टकराब : प्रेम आले र चक्र मल्लले फेरी गरे गुट अदलबदल

कर्ण चन्द / डोटी
पूर्व एमाले डोटीका नेताहरू पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य प्रेमबहादुर आले मगर र जिल्ला अध्यक्ष चक्र मल्लले पु:ह गुट अदलबदल गरेका छन् ।  ९ औँ महाधिवेशनमा माधव नेपाल पक्षधर  आले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा केपी शर्मा ओलीको कडा समर्थक रूपमा देखा परे ओलीका हरेक कदमको रक्षामा खरो मात्र उत्रिएनन् सरकारको बन तथा वातावरण मन्त्रालयको नेतृत्व गरे  एमाले ९औँ महाधिवेशनमा केपी शर्मा ओलीको पक्षमा उभिएका ओलीका कडा समर्थक मानिएका जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल प्रचण्ड नेपाल समूहबाट जिल्लाको नेतृत्व गर्दै ओलीले चालेको कदम प्रतिगामी कदम भन्दै सडक आन्दोलनको नेतृत्व गरे ।
सर्वोच्च अदालतको फैसला पनि एमाले माओवादी बिब्युतीय सँगै जिल्ला अध्यक्ष मल्ल र इन्चार्ज समेत रहेका आलेगरले फेरी गुट बदल गर्न पुगेका छन् । ओलीका हरेक कदम र भनाइको समर्थन गर्ने आले मगर अहिले माधव नेपालको बोलीमा बोली मिलाई रहेका छन् बोली मात्र होइन ८ जना सांसद लिएर माघब पक्षबाट देउवाको पक्षमा मतदान गर्दै पार्टी विभाजन गर्ने कार्यमा अग्रता लिएका आले मगर अहिले माधव नेपालको सशक्त पक्षधर भएका छन् ।
ओली प्रतिगमनकारी भएको भन्दै विरोध गरेका चक्र मल्ल अहिले पुःह केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले मै रहने बताएका छन् । पूर्व मन्त्री मगर र मल्ल एकै टिममा रहेर खासै काम गरेको अनुभव छैन । दुवै जनाको व्यक्तित्व टकराबका कारण पनि उनीहरू परसपर विरोधी कित्तामा देखिन्छन् ।
आले नेपाली काँग्रेस पृष्ठभूमिबाट आएका हुन भने मल्ल एमालेको विद्यार्थी राजनीति गर्दै ९औँ महाधिवेशनमा देशभरकै कान्छो जिल्ला अध्यक्षको रूपमा नेतृत्व सम्हालेका हुन । आले जस्तो सुकै परिबेसलाई आफ्नो अनुकूलतामा ल्याउन सक्ने नेता हुन भने मल्ल सङ्गठन बिस्तार तथा संरक्षणमा अब्बल नेता  हुन ।
Sayalb
आले र मल्लको एक कुरा भने समान छ । बोली र अभिव्यक्तिका कारण दुवै जना आलोचनामा परिरहन्छन, निकटतम व्यक्तिहरू रुष्ट भई रहन्छन् । आले विषयलाई सिलसिलेवार राख्न नसक्दा वा ज्ञान नभएको विषयमा धारणा राख्न खोज्दा आलोचनामा पर्छन् भने एमाले अध्यक्ष मल्ल विपक्षी प्रति निर्मम प्रहार र आफै सहकर्मी प्रति बेला–बेला गर्ने कटाक्षका कारण विवादमा आईरहन्छन ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मल्ल जिल्ला अध्यक्ष हुँदा आले इन्चार्ज हुन । नेकपा अवधिमा नेकपाका कुनै पनि कार्यक्रम मल्ल र आले एकै कार्यक्रममा उपस्थित भएनन् । मल्लले एकलौटी रूपमा जिल्ला कमिटी तथा गाउँ कमिटीका बैठकहरू सञ्चालन गरेका थिए ।
एमाले डोटीको ९औँ महाधिवेशनमा मल्ल अध्यक्षका पदमा उम्मेदवार थिए भने आलेले अध्यक्षका अर्का उम्मेदवार यज्ञराज जोशीलाई समर्थन गरेका थिए । फरक कित्तामा रहेका मल्ल र आलेको कटुता २०७४ सालको निर्वाचन देखी थप बढेको देखिन्छ ।
प्रतिनिधि सभा उम्मेदवार आले र प्रदेश सभा ‘क’ का उम्मेदवार रहेका मल्लले एक अर्कालाई अन्तर घात गरेको आरोप लगाउने गरेका छन् । मतपत्र बगाएको काँग्रेस उम्मेदारसंगको मिलेमतोमा ‘बिसी’ र ‘पीबी’को नारा लगाएको आरोप एक अर्कोलाई लागी रहन्छ ।  आलेको निर्देशनमा आफूलाई हराउन लागेको भन्दै आधा दर्जन एमाले नेतालाई जिल्ला अध्यक्ष मल्लले कारबाही समेत गरेका छन् ।  मल्ल एमाले मै छन् भने आले समाजवादी पार्टीमा छन् ।
Shaileshwori
Loading...