पर्यटकको आकर्षण बन्दै छहरा झरना (भिडियो सहित)

डोटी- जोरायल गाउँपालिका–२ छतिवनमा रहेको छहरा झरना पछिल्लो समयमा पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ ।

परापुर्ब कालमा श्रि विष्णु भगवान्ले नुहाएको ठाउँ भएकोले उक्त ठाउँलाई हिन्दु धर्मावलम्बीले परापुर्ब काल देखि नै धार्मिक स्थलको रुपमा मान्दै आएकाले यश झहरा झर्नामा स्नान गरे पबित्र मानिने धार्मिक विश्वास रहेको जोरायल गाउँपालिका वडा नम्बर दूईका स्थानीय कर्ण मल्ले बताए ।

नाम मात्रै सुनेका झरनाको प्रत्येक्ष हेर्न पाउदा झनै मन खुसी भएको र अझै यस क्षेत्रको बिकास तथा बिस्तार गर्नको लागी सबैले लागे झनै पर्यटन आउने सम्भावना रहेको बन्चनपुरबाट झरना हेर्नआउनु भएकी पर्यटक गरिमा रानाले बताईन ।
धार्मिक तथा पर्यटकिय दृष्टिकोणले भरिपुर्ण क्षेत्र छहरा झरना आफैमा मनमोहक भएकाले यहाँ बिकृती बिसङ्गती हुन सक्ने भएकोले यसमा पनी सम्बन्धि निकायले ध्यान दिन आवश्यक छ । विकास तथा प्रचारप्रसारको लागि राज्यबाट नै पहल हुने हो भने यश क्षेत्रको आर्थिक विकासमा निकै टेवा पुग्ने पत्रकार झलक पालीले बताए ।

Sayalb

छहरा अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयबासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिनुभयो ।

पर्यटकिय गतिविधि बढे यता विभिन्न ठाउँबाट समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । पर्यटक आउने तथा एक÷दुई दिन यतै बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटेल व्यवसाय पनि राम्रै फस्टाउँदै गएका छन । छहरा झरना अवलोकन तथा भ्रमणका लागि आउने पर्यटकका कारण अहिले यहाका आफुहरुले रोजगार समेत पाउने गरेका जोरायल गाउँपालिका २ की स्थानीय टिकेश्वरि देवि बि क बताउछिन् ।

धार्मिक तथा पर्यटकिय क्षेत्र छहरा झर्नाको विकास तथा विस्तारको लागी वडा, पालिका र प्रदेशबाट पनि बजेटको व्यवस्था गरेको र यस क्षेत्रको व्यवस्थापनको लागी समिति गठन गरेर अगाडि बढ्ने योजना रहेको जोरायल गाउँपालिका १ वडा अध्यक्ष भजन सिंह मल्ले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीनरचार घण्टाको गाडी यात्रामा छहरा झर्ना पुग्न सकिन्छ । उक्त क्षेत्रसम्म पुग्नका लागि जोरायल गाउँपालिकाले कच्ची सडकको व्यवस्था गरेको छ । छहरा जाने बाटोमा विभिन्न ठाउमा साना साना खोला खाल्साका कारण छहरा पुग्न केही समस्या हुँदै आएको छ। छतिवनसहित जिल्लामा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक र बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ

Shaileshwori
Loading...