मर्यादित महिनावारीका लागि संकल्प अभियान डोटीमा पनि सुरु

तेजु ओली/डोटी– मर्यादित महिनावारीका लागि संकल्प अभियान डोटी मा पनि सुरु भएको छ ।

मर्यादित महिनावारीलाई प्रबद्धन गरौँ घरलाई मर्यादित महिनावारीमैत्र बनाऔ भन्ने नाराका साथ द सेभेन नेपालको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडा नं. ३ संग को समन्मय र राधा फाउन्डेसन नेपाल तथा ग्लोबल साउथ कलेक्सन ( Global South Coalition) को सहयोगमा मर्यादित महिनावारीका लागि बाल क्लव महिला तथा पुरुष समूह र धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम गरि सुरु गरेको छ ।

Sayalb

संस्था ले छाउपडी प्रथा ले पारेको प्रभाव यस्को असर तथा बास्तबिक पिडितका कथा सुन्ने क्रममा दिपायल सिलगढी नगरपालिका वडा नं.३ कि १८ बर्षीया शान्ति बिक ले पहिलो चोटी महिनावारी हुदा आफु बिध्यालय नगएको शाथि भाइ बाट टाढा बस्नु परेको जात्रा मा समेत सहभागी हुन बन्देज भएको कुरा बताएकी थिइन्।

महिनावारी हुनु कुनै पाप नभएको यो प्राकृतिक प्रक्रिया लाइ हाम्रो समाजले बिभेद गरेका ले मानिसको सोचमा भएको भ्रम चिर्नु पर्ने सहभागी हरुले बताए का छन ।

समाज परिबर्तन गर्नु भन्दा पहिला आफु र आफ्नो घरलाई मर्यादित महिनावारी बनाउनु आवश्यक रहेको ले यस्मा सबैले हातेमालो गरेर बढनलाइ हौसल्ला होस भनेर संस्था ले दिपायल सिलगढी नगरपालिका वडा नं १ र ३ नमबर वडामा उक्त अभियान सुरु गरेको र आगामी दिनमा पनि यो अभियान मा सबैले सहयोग गर्न सेभेन नेपाल डोटीका अध्यक्ष गांगी बलायर ले बताउनुभयो ।

Shaileshwori
Loading...