डोटीमा बृक्षारोपण गरी निजामती सेवा दिवस मनाईयो

तेजु ओली/डोटी- डोटीमा पनी बृक्षारोपण गरी निजामती सेवा दिवस बनाईएको छ ।
“ब्याबसायिक र सृजनशिल प्रसासन बिकास समृद्ध र सुसासन” भन्ने नाराका साथ सरकारी कार्यालय का कर्मचारीले आज वृक्षा रोपण कार्यक्रम गरि मनाएको छ । दिबसको अबसरमा प्रमुख पर्यटकीय स्थल रहेको बगलेग क्षेत्रमा वृक्षा रोपण गरेको छ ।


वृक्षारोपण कार्यक्रम राष्ट्रसेवक कर्मचारी वृक्षारोपण कार्यक्रम जिल्ला प्रशासन कार्यालय डोटी को आयोजनामा भएको सो कार्यक्रममा साना ठुला फल फुल का पाच सय भन्दा वढी विरूवा रोपिएको जिल्ला बन कार्यालय डोटी का प्रमुख शम्भु प्रसाद तिवारी ले बताउनुभयो। कल्कि, लालुपाते फुल पिपल,टिमुर,लप्सी,बिरेन्द्रफूल,तेजपात लगायतका प्रजाति रोपेको डिभिजनल बन अधिकृत तिवारी ले बताउनु भयो।

पुर्बी चौकी गाउँ पालिका वडा नम्बर २ बगलेग स्थित कबुलियती वन क्षेत्र तथा पाटन को आसपासमा बिरुवा रोपेको मेहनति कबुलियती बन उपभोक्ता समिति का अध्यक्ष खडक बहादुर साउदले बताउनुभयो। रोपेका बिरुवा को संरक्षण का लागि घेरवार गरेको बताउनु भयो।छेउछाउमा बिरुवा रोपेर थप बगलेगलाइ आकर्षक बनाउने योजना रहेको अध्यक्ष साउदले वताए ।
वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकार किरण जोसी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुखहरू र अन्य कर्मचारीको कार्यक्रममा उपस्थिति रहेको थियो। डिभिजन वन कार्यालय, सामुदायिक वन र कर्मचारी मिलनकेन्द्रको सहकार्य र समन्वन्वयमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी किरण जोसी ले जानकारी दिए ।
