बालबालिकाको अबस्था विश्लेषण प्रतिबेदन माथि छलफल
तेजु ओली/डोटी- डोटी को पुर्बीचौकी गाउपालिका बालबालिकाको स्थानीय अबस्था विश्लेषण प्ररम्भिक प्रतिबेदन छलफल तथा सुझाव संकलन सम्बन्धि कार्यक्रम आज सम्पन्न भएको छ।
समान पहुँच बिकास केन्द्र (सिड) नेपाल को आयोजना र वर्ल्ड भिजन इन्टरनेश्न्ल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त कार्यक्रम गरिएको थियो।
गाउँपालिकाको बाल संरक्षणका मुख्य सवालहरु बाल बिबाह, लागुपदार्थ दुव्र्यसनी, छाउपडी प्रथा, कुपोषण, र लैङ्गकि विभेदका रुपमा मुख्य समस्या देखा परेको छलफल भएको थियो ।
कोरना भाइरस ले सबै भन्दा बढी प्रभावि बालबालिकामा परेको बताउनु हुदै वडा नं ४ का वडा अध्यक्ष ले गाउँ पालिका मा बालबालिका का समस्या लाइ समाधान गर्न सबैले हातेमालो गरेर जाने बताउनुभयो।
छलफलमा समस्या समाधान गर्न कारण पत्ता लगाई आगमी दिनमा सबै सरोकारबाला निकाय एकताबद्ध भएर बाल बालिकाको सुरक्षा र संरक्षण को लागि कार्ययोजना निर्माण गर्दै संरक्षणका लागि सबैले सहयोग गर्ने प्रतिबद्धा गरेका थिए । छलफल तथा सुझाव संकलन कार्यक्रममा पुर्बी चौकी गाउँ पालिका वडा नं ४ का वडा अध्यक्ष नवराज खडकाको अध्यक्षतामा बाल संरक्षण समिति का पदाधिकारी बिषय गत साखा का प्रमुख हरुको सहभागिता मा सम्पन्न भएको थियो ।