डोटीका १३ जना स्वास्थ्यकर्मीलाई सम्मान
प्रेम नेपाली, डोटी
उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने डोटी जिल्लाका १३ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालय डोटीले सम्मान गरेको छ । आर्थिक वर्ष ०७७/०७८को वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धव ठगुन्नाले जानकारी दिनु भएको छ ।
सम्मानित हुने स्वास्थ्यकर्मीहरूमा नन्द बहादुर देउवा (हेल्थ असिस्टेन्ट) सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र, जानू कुमारी माझी (एएनएम) तिखात्तर स्वास्थ्य चौकी, खेमराज जोशी (सिनियर अ.हे.व.) दुर्गामाण्डौ स्वास्थ्य चौकी, निर्मला देवी धामी (महिला स्वास्थ्य स्वयम सेविका) बनलेक स्वास्थ्य चौकी, अर्जुन पुन मगर ( ल्याब असिस्टेन्ट) बर्छैन स्वास्थ्य चौकी, प्रेम बहादुर कठायत ( सिनियर अहेव) मुडेगाउँ स्वास्थ्य चौकी, तेज बहादुर खड्का ( सिनियर अहेव) तिखा स्वास्थ्य चौकी, पुर्णिमा चन्द (अनमी) डौड स्वास्थ्य चौकी , डम्वरी पण्डित (अनमी ) गैरागाउँ स्वास्थ्य चौकी , मोहनराज ओझा (अहेव) हलिखाेला सामुदायिक स्वास्थ्य इकाई, शेर बहादुर बोगटी (अहेव) गगुडा स्वास्थ्य चौकी, जानकी सिंह (महिला स्वास्थ्य स्वयम सेविका) लामिखाल स्वास्थ्य चौकी र दुर्गा गड्सिला ( महिला स्वास्थ्य स्वयम सेविका) चवाराचौतारा स्वास्थचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरिएको हो । सम्मानित स्वास्थ्यकर्मी लाई सर्वोत्कृष्टमा परेकालाई ५ हजार नगद र उत्कृष्टमा परेकालाई ३ हजार नगद सहित दोसल्ला र प्रशंसा प्रमाणपत्र वितरण गरिएको थियो ।
गत आर्थिक वर्षको समीक्षा गोष्ठीमा जिल्लामा सबै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरहरुले आ-आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । स्वास्थ्यमा सुधारमा ल्याउन सबै स्वास्थकर्मिहरुले आफ्नो काममा दत्तचित्त भएर खट्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थिले बताउनु भएको छ ।