सिड नेपाल डोटीको अध्यक्षमा यज्ञराज जोशी
समान पहुँच बिकास केन्द्र सिड नेपाल डोटीको अध्यक्षमा यज्ञराज जोशी चयन भएका छन् । १५ औँ साधारण सभा र ५औँ अधिवेशन बाट सर्बसमहत रूपमा अध्यक्ष सहित पदाधिकारी चयन गरिएको छ । समितिको उपाध्यक्ष लक्ष्मी मल्ल, महासचिव करन नेपाली सचिव बिस्ना साउद, कोषाध्यक्ष भुवनेश्वरी बि.क, सदस्य खेमराज मल्ल, सदस्य तेजबहादुर बाग, तुलसी पुजारा, सदस्य तेजु जोरा चयन भएको सिड नेपाल डोटीले जानकारी दिएको छ ।
शिखर नगरपालिका वडा नं. ६ तलकोटमा केन्द्रीय कार्यालय रहेको सिड नेपाल डोटी २०६३ साल देखी जिल्लामा गैर सरकारी संस्थाको रूपमा क्रियाशील रहेको छ । डोटी जिल्लाका ७ स्थानीय तह र सुदूरपश्चिमका ९ जिल्लामा काम गर्दै आएको छ । जिल्लाको अग्रेणी संस्थाको रूपमा रहेको सिड नेपालले अािर्थक वर्ष ०७७ /०७८को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।