सुदुरपश्चिम प्रदेशमा बिकासले फट्को मारेको मुख्य मन्त्री भट्टको भनाइ

तेजु ओली/डोटी- सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेशमा सडग क्षेत्रमा थुप्रै काम गरेको बताउनु भएको छ । संघियता आउनु भन्दा पहिला सदरमुकाम जोडने सडक मात्र कालो पत्रे भएको अहिले आफ्नो सरकार बने पछि डोटी लगायतका नौ ओटै जिल्लाका ग्रामीण क्षेत्रका सडकहरु कालो पत्रे भएको बताउनुभयो ।

सडक क्षेत्रले छुदा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको बताउनुभयो । छहरा झर्ना, बगलेक, लगायतका पर्यटकीय ठाउमा जाने बाटो बन्दा प्रचारप्रसारमा आएको बताउनु भयो । त्यस्तै भेलछडा सम्म बाटो पुर्याउन सके रोजगार, विकासमा सहयोग हुने बताउनु भयो । गृह जिल्ला डोटीमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै देशको समानुपातिक विकास हुने बताउनुभयो ।

Sayalb

पार्टीमा प्रबेस गरेका नया नेता कार्यकर्तालाइ टिका लगायर स्वागत गर्दै पाटीको बिधी बिधान अनुरुप काम गर्दै डोटी जिल्लामा पाटीलाइ पहिलो बनाउन लाग्न समेत निर्देशन दिनुभएको थियो ।

माओवादी पार्टी हजारौ जनताको त्याग तपश्य बलिदान बाट जनता, गरिब, निमुखा, दलितको हक अधिकारको लागि लडेर आएको पाटी भएकाले त्यो बुझ्नु पर्ने जरुरी रहेको बताउनुभयो । पार्टीका गतिबिधिमा नेता कार्यकर्तालाइ लाग्न निर्देशन समेत दिनुभएको थियो । आजै बिभिन्न पाटी परित्याग गरी मावोवादी पाटीमा एक सय ३७ जनाले पाटी परिवेश गरेको नेकपा माओवादीका पाटीका जिल्ला संयोजक जंग बहादुर बिकले बताउनुभयो। अब जिल्ला मा नबिकरण, नया सदस्यता थप्ने, कमिटी गठन गर्ने लगायतका गतिबिधि गर्ने बताउनुभयो ।

कार्यक्रमको प्रमुख आतिथि शुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, सभा अध्यक्ष मावोवादी पार्टीका जिल्ला संयोजक जंग बाहदुर बिक, विशिष्ट अतिथि नेकपा माओवादीका केन्द्रिय सल्लाहाकार सिद्धराज भाट नेकपा माओवादी प्रदेश कमिटी सदस्य तथा वोगटान फुड्सिल गाउपालीका अध्यक्ष कमल गड्सिला रहनु भएको थियो ।

Shaileshwori
Loading...