बोगटीको संयोजकत्वमा (एकीकृत समाजवादी) को डोटी जिल्ला कमिटी गठन

डोटी– दिर्घ राज बोगटीको संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन भएको छ ।
शोमबार बोगटीको संयोजकत्वमा १ सय ५ जना सदस्य रहने गरी कार्यसमिति गठन गरिएको हो । जिल्ला सदरमुकाम सिलगढीमा आयोजित भेलाले उक्त समिति गठन गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा आन्तरिक कानुन तथा मामिला मन्त्री प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका शभाअध्यक्ष एवं संविधान शभा सदस्य रहनु भएका हर्क बहादुर शिंहले एकीकृत समाजवादी पार्टीलाई अबको एक बर्षमा जिल्ला कै उत्कृष्ट पार्टी हुने बताउनु भयो। विगत देखि नै आफुले पार्टीको हकहितका लागि आफुबाट हुने जति सहयोग पुर्ण रुपमा गरेको शिंहले बताउनु भयो ।
त्यस्तै आजै अखिल नेपाल महिला संघ जानकी भट्ट र अखिल नेपाल युवा संघ महेन्द्र कुँवरको संयोजकत्वमा कमिटी बिस्तार गरिएको छ ।
कार्यक्रममा संघ, प्रदेश र जिल्ला स्थित नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
