Before Header
After Navigation

हलिया बस्ती निर्माण भएको पाँच वर्ष : बसेनन् हलिया, बस्तिमा बस्न ईन्सेकको अपिल

नारद नेपाली/ डोटी
डोटीको पुर्बीचौकी गाउँपालिका वडा नम्बर २ मा रहेको हलिया बस्ती निर्माण भएको पाँच बर्ष बितिसक्दा पनि अझैसम्म त्यहाँका मुक्त हलियाहरु बस्तीमा बसेका छैनन। खानेपानी लगायतका आधारभुत आवश्यकता सेवा सुबिधाको ब्यबस्थापन नहुदा उक्त बस्तीमा आफुहरु नबसेको त्यहाँका हलियाको भनाइ छ ।

सरकारले बनाएको हलिया बस्तिमा यहाँका हलियाहरु नबसेका कारण उक्त बस्तीमा मानिस नै नहुदा वडाले केही पहल नचालेको पुर्बीचौकी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष योगन्द्र बहादुर ठकुल्लाले बताउनु भयो । बस्तिमा हलियाहरुले गएर बसे वडा बाट उपलब्ध सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराउन सकिने अध्यक्ष ठकुल्लाले बताए ।

Sagan sahari bhawan nirman aayojana

आज वगलेकमा मानव अधिकार समुहको अयोजनामा अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक ) कैलालीको सहयोगमा मुक्त हलियाहरूलाई अवासको अधिकार समन्धमा हलियाहरुको बस्तिबारे छलफल भएको हो । कार्यक्रममा ईन्सेक नेपालका जिल्ला संयोजक मिना आउजिले हलिया बस्तिमा बस्न त्यहाँका हलियहरुलाई अपिल गर्नु भएको हो । सरकारले निर्माण गरेको उक्त बस्तीमा बसेपछि मात्रै हलियाले पाउने थप सेवा सुबिधाको लागि पहल गर्न सकिने आउजिले बताईन ।

नेपाल सरकारले २०६५ साल भदौ २१ गते न्यायिक पुनःस्थापनको ग्यारेन्टी सहित हलिया मुक्ति घोषणा गरेको थियो । सोहि अनुरुप बगलेकको रिखडामा रहेको १८ जना मुक्त हलियाहरुको लागि पनि स्थयी बासको ब्यबस्था गरेको थियो ।बगलेकका हलियाहरुका लागि निर्माण गरेका सबै जसो घर अहिले जिर्ण अबस्थामा रहेका छन ।

Shaileshwori
Loading...