डोटीमा सर्पको टोकाईबाट एक जना घाईते

डोटी : डोटीमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय नर बहादुर विक सर्पको टोकाई बाट घाईते भएको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यलय डोटीका सहायक प्रवक्ता रबिन्द्र चन्दका आनुसार मंगलवार स्याउले बजारबाट घर जादै गरेको बेला विकलाई करिव साढे ६ बजे साँझ सर्पले डसेको हो । घाईते विकलाई मंगलवार राति नै उपचारको लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको थियो ।

उनको उपचार भैरहेको र अवस्था सामान्य रहेको जिल्ला अस्पताले जनाएका छ ।

Shaileshwori
Loading...