दशै तिहार नजिकिए सँगै डोटीमा बजार अनुगमन सुरु

तेजु ओली/डोटी –दशै तिहार नजिकिए सँगै जिल्ला प्रशासन कार्यालय डोटीले बजार अनुगमन सुरु गरेको छ । अनुगमन गर्दा उपभोक्ता हित विपरीत काम गर्ने पसल सञ्चालकलाई जरिवाना समेत गरेको छ । सुक्रबार जिल्ला को आदर्श गाँउ पालीका वडा नं २ र ३ नमबर वडा मा अनुगमन गरेको हो।

पटक पटक अनुगमन गर्दा अझै पनि ब्यापारिले म्याद गुज्रिएका बस्तु राखेको ,प्यान ,भ्याट ,नभएका ब्यानर को नाम समेत नराख्ने गरेका लाइ यसपाला ५ हजार जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय डोटी का सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसी ले बताउनुभयो।

अनुगमन टोलीले खाद्यान्न तथा किराना पसल,रेष्टुरेन्ट,तथा मासु पसलको अनुगमन गरेको थियो । बजारबाट बरामद गरिएका सामाग्री आजै गाउ पालिका नजिकै नष्ट गरिको छ ।

Sayalb

चाडपर्व लाइ मात्र लक्षित गरेर मात्र अनुगमन गर्ने गरेको मा समय समय मा अनुगमन गर्नु पर्ने स्थानीय को माग रहेको छ । आफुले समय समयमा वडामा भएका ब्यापारीहरुलाइ नियम अनुसार का गतिविधि गर्न अनुरोध गर्दा समेत अटेरी गरेकाले कार्बाही मा परेको वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर बोहरा ले बताउनुभयो। उहा आफै ले उपभोक्ता हल बिपरित गरेको भन्दै कार्बाही सोरुप पाच हजार जरिवाना मा पर्नु भएको थियो।

व्यवसायीलाई मुल्यसुची प्रष्ट देखिने ठाउँमा राख्न , पसलमा सरसफाइ अनिवार्य गर्न,खाद्य सामाग्री भएको ठाउँमा मदिरा जन्य सामान नराख्न अनुगमन टोली ले निर्देशन दिएका छन । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसी को संयोजकत्वमा संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय ,घरेलुु तथा साना उद्योग बिकास कार्यालय, खाद्य तथा गुणस्तर कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ प्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियोे ।

Shaileshwori
Loading...