शान्ती सुरक्षा कामय गर्न डोटी प्रहरी प्रमुख मल्ल आफै फिल्डमा खटिए

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल दसैँको समयमा शान्ति सुरक्षा कायम गर्नका लागी आफै फिल्डमा खटिने गरेका छन् । दसैँ, तिहार र छठ पर्बलाई लक्षितगरी डोटी प्रहरीले तयार गरेको ‘बिशेष सुरक्षा योजना’ कार्यान्वयनका लागी आफै फिल्डमा खटिने गरेका छन् ।
कार्यक्षेत्रमा खटिएका प्रहरीको कामको निरीक्षण तथा आवश्यक निर्देशनका साथै नागरिकको यातायातको आवागमनलाई सहज बनाउनका लागी दैनिक रूपमा कार्यस्थलमा जाने गरेका छन् । दसैँको समयमा घर जाने यात्रुको चाप बडेसँगै यातायात दुर्घटना बढ्ने भएका कारण हामीले यातायात व्यवस्थापन पहिलो विषय बनेको प्रहरी प्रमुख मल्लले बताए । मल्लले भने ‘म आफै स्थलगत निरीक्षणमा पुग्दा काम पनि प्रभावकारी हुन्छ, प्रहरीको मनोबल पनि उच्च हुन्छ । हाम्रो उपस्थितिका कारण दुर्घटना तथा अपराध पनि घट्ने गर्दछ ।’ मल्लले थपे ‘यस वर्ष दसैँको समयमा हुने दुर्घटना शून्य पार्ने हाम्रो लक्ष्य हो, सोही अनुसार काम गरिरहेका छौँ ।’ सवार यात्रुहरूलाई अनिवार्य मास्क प्रयोग गराउन पनि प्रहरीले अनुरोध गरिरहेको छ ।
दसैँ र तिहारको समयमा हुने जुवा तास पूर्ण रूपमा प्रतिबन्ध हुने प्रहरी उपरीक्षक मल्लले बताए । हामीले विशेष सुरक्षाकर्मी तथा अन्य सूचनाका संयन्त्र समेत तयार पारेका कारण कुनै पनि हालतमा जुवा तासमा संलग्न हुने ब्यक्ती लाई कारबाही हुन्छ । दसैँको समयमा चोरीका घटना हुने भएका कारण घर छोडेर जाने नागरिकले छिमेकको विश्वासिलो व्यक्ति तथा प्रहरीलाई भनेर जान पनि डोटी प्रहरीले आग्रह गरेको छ ।
Sayalb
अवैध रूपमा तस्करी हुने तथा बिक्री वितरण हुने मदिरालाई नियन्त्रण पनि प्रहरीले प्राथमिकतामा राखेको प्रहरी प्रमुख मल्लले बताए । मल्लले भने ‘यो कार्यमा नागरिकको साथको हामीलाई आवश्यक छ, सूचना पाएसम्म हाम्रो अनुसन्धानले भेटेसम्म कारबाही गछौँ ।’ प्रहरीको सक्रीयताका कारण बिगत बर्षहरु भन्दा यस बर्ष सहजता आएको यात्रुहरुले बताएका छन् । यातायात चालकहरुलाई सम्झाई बुझाई पठाउने र नमानेका चालकहरुलाई प्रहरीले कारवाही समेत गर्ने गरेको छ ।
Shaileshwori
Loading...