प्रधानमन्त्री देउवा सहितको टोली डोटीमा

डोटी– प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको छ । टोलीले सुदूरपश्चिमका पहाडी जिल्लाहरु डोटी, डडेल्धुरा, अछाम, बझाङ्ग, बाजुरा, दार्चुला र बैतडीका बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेको हो ।

आज बाढी प्रभावित क्षेत्र डोटी आइपुगेका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरूको उद्धार र राहतका लागि निर्देशन दिएका छन । उनले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय सरकारका प्रमुखहरुसँग भेटी बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न र तत्काल सडक, बिद्युत र सञ्चार सेवा सञ्चालन गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताए ।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए ।

Sayalb

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले एवं पूर्वमन्त्रीहरू वीरबहादुर बलायर, एनपी साउद र रमेश लेखक छन् ।

गत आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोमा परेर सुदूरपश्चिममा ३१ जनाको मृत्यु भएको छ भने २४ जना जना बेपत्ता भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १६, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।

सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख आर्थिक सहयोग उपलब्ध गराउने र घरबारबिहीन भएकालाई तत्काल सेल्टर बनाउन ५० हजार र खाद्यान्नलगायत जोहो गर्न २० हजारसम्म नगद उपलब्ध गराउने निर्णय गरेको छ।

Shaileshwori
Loading...