डोटीका घाइते र बिरामी हेलिकप्टरबाट उद्धार
नारद नेपाली/डोटी – डोटीबाट एक जना घाइते र एक जना गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्गार गरिएको छ । दिपायल सिलगढी नगर पालिकाका वडा नं. ६ का गम्भीर बिरामी ५५ वर्षीय दीपक नेपाली र वडा नं. ९ कलेनाका ३० वर्षका माने आउजी लाई जिल्लामा उपचार हुन नसके पछि कैलाली लगिएको हो ।
जिल्ला सदरमुकाम सिलगढी बाट कलेना जाने क्रममा चिप्लिएर लडेका माने को खुट्टा गम्भीर चोट लागेको थियो । १७ घण्टा पछि मात्र उद्गार गरेर जिल्ला अस्पताल पुर्याएका उहाँको अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि कैलाली पठाएको समाजसेवी के वि साउदले बताए ।
अर्का बिरामी दीपक नेपालीलाई ब्लड प्रेसर हाई भई बेहोस भएपछि उहालाई पनि जिल्लामा उपचार सम्भव नभए पछि कैलालीमै पठाइएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
कहिदिन देखिको अविरल वर्षाका कारण डोटी देखि कैलाली सम्म जाने सडक खण्डमा ठाउँमा पहिरो गएको हुँदा सडक सुचारु गर्न कहिदिन लाग्ने भएकोले तत्काल बिरामीले समयमै उपचार पाउन भनी नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश सरकारको सहयोगमा पठाइएको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक कानुन मन्त्री पूर्णा जोशीले बत्ताइन् । साथै डोटी जिल्लाका बाढी पहिरो पीडित हरुका लागी खाद्यान्न र टेन्ट समेत पठाएको जोशीले जानकारी दिनुभयो ।