नेकपा एमाले वगलेकको वडा कमिटी गठन, अध्यक्षमा बिष्ट

डोटी -नेपाल कम्युनिस्ट पार्टी (एमाले) पुर्बिचौकी गाउँपालिका वडा नम्बर दुईको वडा कमिटी गठन गरिएको छ ।

आज एक औपचारिक भेलाले  गणेश बिष्टको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो।

कमिटीको उपाध्यक्ष सारदा साउद, सचिव अंक साउद, सह सचिव छत्र ठकुल्ला,सह सचिव जगत बिक सहितको ३१ सदस्यिय वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला पार्टी अध्यक्ष चक्र मल्ल, अध्यक्ष गणेश विष्ट, विशिष्ट अतिथि जिल्ला कमिटी सचिव लक्ष्मण मलासी लगायतको उपस्थित रहेको थियो ।

Sayalb

कार्यक्रम बोल्दै जिल्ला कमिटी अध्यक्ष मल्लले संगठन निर्माण गर्नको लागि सम्पूर्ण पार्टी प्रति अस्थावान ब्यक्तिले सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

समुदायका सम्पूर्ण बर्गको समान विकास र पहुँचको लागि नेकपा एमालले विगत देखि नै निमुखा, पिछडिएका बर्गको लागि एमालेले सधैं आवाज उठाएकोले सबैले आफ्नु तर्फबाट लाग्नुपर्ने मल्लले बताउनुभयो ।

 

Shaileshwori
Loading...