डोटीमा करेन्ट लागेर एक महिलाको मृत्युु, एक घाईते

डोटीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ९ मल्लिसात बस्ने ३० वर्षिया राधिका रोस्याराको करेन्ट लागेर मृत्यु भएको हो ।

Sayalb

शुक्रवार साँझ करेन्ट लागेर घाईते भएकी उनलाई दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी सहायक प्रवक्ता, प्रहरी निरिक्षक रबिन्द्र चन्दले जानकारी दिए । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भईरहेको चन्दले बताए ।

यस्तै शिखर नगरपालिका-११ बारपाटाका २० वर्षिय शिशिर साउँद करेन्ट लाग्दा घाईते भएका छन् । शुक्रबार साँझ मल्टिपल्कबाट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका हुन् । अहिले उनको राजपुर स्थिति सुजङ अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटी सहायक प्रवक्ता, प्रहरी निरिक्षक रबिन्द्र चन्दले बताए । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Shaileshwori
Loading...