स्थानीय तहको नीति बजेट तथा विकासमा दलित समुदायको पहुँच अझै पुगेन
डोटी -स्थानीय तहको नीति, बजेट तथा विकासमा समुदायको पहुँच अझै नपुगेको देखिएको छ । आज फेडो डोटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थीत सरोकारवालाले उक्त कुरा कताएका हुन।
स्थानीय सरकारले विनियोजित गरेको बजेटको उचित ढंगले कार्यान्वयन नगरेको दलित अगुवा गिता नेपालीले बताउनुभयो ।
महिला दलितका लागि स्थानीय सरकारले समाबेशीका लागि मात्रै दलित सहभागीता मात्रै हुने गरेको नेपालीले बताईन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै दलित समुदायका विकासको लागि नीति निमार्ण पुर्ण रुपमा भए पनी नीति नियम अनुसार ब्यबहारमा नभएकोले दलित समुदायको विकासको अबरोध भएको रेडियो नेपालीका संवाददाता नबराज जोशीले बताउनुभयो । दलित समुदायको विकासको लागि सम्पुर्ण स्थानीय तहका प्रतिनिधि हरुले नीतिगत रुपमा मात्रै नभई ब्यबहारमा लागू गर्नु पर्ने जोशिले बताउनु भयो ।
दलिता महिलाको क्षमता विकास तथा सशक्तीकरणको लागि फेडो डोटीले विभिन्न कार्यक्रम गर्दै आएको कलेना दलित महिला संजालकी अध्यक्ष लक्ष्मी नेपालीले बताउनुभयो । परिचय दिन नसक्ने अबस्थाबाट म जस्ता कयौं महिलाहरुको क्षमता विकासको लागि फेडो डोटीले राम्रो कार्य गर्दै आएकोले कार्यक्रमको निरन्तरताको लागि सम्बन्धि स्थानीय सरकारले उचित बजेटको व्यवस्थापन गर्नुपर्ने लक्ष्मिले आग्रह गर्नुभयो ।
दलित समुदायका शिक्षा, स्वास्थ जस्ता समग्र पक्षमा सम्बन्धित स्थानीय तहले उचित बजेट विनियोजन गर्नुपर्ने दलित महिला संघ फेडोकी महासचिव रेणु सिजाबतीले बताउनुभयो ।
सिंह दरबारको अधिकार गाउँगाउँमा पुर्याउनको लागि संघियता लागु भएको पाँच वर्ष पुगि सक्दा पनी गर्नुपर्ने जति काम स्थानीय सरकारले गर्न नसकेको शिजावतीले बताउनुभयो ।
नीतिगत निर्माणको गर्यो भने अनिवार्य रुपमा दलितको सहभागीताको व्यवस्था हुने भएकोले पहिला नीति निर्माण गरेर अगाडि बढ्नुपर्ने, गरिब न्युनिकरणको लागि स्थानीय तहले बजेटको कार्यान्वयन, विभिन्न किसिमका नीति तथा नियम निर्माण गरि ब्यबहारमा स्थानीय तहले उतार्नु पर्ने उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रम बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशिले राज्यले निर्माण गरेको नीति,अधिकार प्राप्त गर्नको लागि पहिला स्वयंम ब्याक्तिले लाग्नुपर्ने बताउनुभयो । समाजमा रहेको जातीय विभेद अन्त्य गर्नको लागि स्थानीय सरकारले नीति नियम निर्माण गरेर अगाडि बढे दलित समुदायको विकास गर्न सहज हुने जोशीले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख राम ऐरले फेडो डोटीले महिला तथा दलित समुदायको विकासको लागि उल्लेख्य काम गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्थित सरकारवाल, दलित अगुवा महिला, अधिकार कर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।