डोटीमा जनगणनाको तयारी पूरा

डोटी-डोटी जिल्लामा जनगणनाको अन्तिम चरणको तयारी पुरा भएको छ। जनगणना कार्यालय डोटीका अनुसार जनगणनामा खटिने गणक तथा सुपरिवेक्षकका लागि सनिवार देखि संचालन भएको तालिमको मंगलबार समापन गरिएको हो ।

यही कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुन गईरहेको जनगणनाको तयारी पुरा भएको डोटी जिल्ला जनगणना सहायक अधिकृत नेत्र राज जोशिले बताउनुभयो ।जनगणनाको जिल्लाको प्रत्येक स्थानीय तहमा गणक तथा सुपरिवेक्षकको नाम तोकेर निर्धारित मितिमा सबै गणक तथा सुपरिवेक्षक आफ्नो कार्यक्षेत्रमा जाने जोशिले बताउनुभयो ।

जोशिका अनुसार आदर्श गाउँपालिकामा ३४ गणक नौं सुपरिवेक्षक, शिखर नगरपालिकामा ४१ गणक दश सुपरिवेक्षक, बोगटान फुड्सिल गाउँपालिकामा २३ गणक ६ सुपरिवेक्षक, के आई सिंह गाउँपालिकामा २९ गणक ७ सुपरिवेक्षक, बड्डिकेदार गाउँपालिकामा २० गणक पाँच सुपरिवेक्षक,जोरायल गाउँपालिकामा २६ गणक सात सुपरिवेक्षक, पुर्बीचौकी गाउँपालिकामा ३४ गणक नौं सुपरिवेक्षक, सायल गाउँपालिकामा २५ गणक ६ सुपरिवेक्षक र दिपायल सिलगढी नगरपालिकामा ६६ गणक १६ सुपरिवेक्षक गरि जम्मा २ सय ९८ गणक र ७६ सुपरिवेक्षक रहेका छन् ।

Sayalb

स्थानीय तह अनुसार सबै भन्दा वढी दिपायल सिलगढी नगरपालिकामा ६६ गणक र १६ सुपरिवेक्षक छन भने सबैभन्दा कम बड्डिकेदार गाउँपालिकामा २० गणक पाँच सुपरिवेक्षक रहेका छन्।

जिल्लाको बिभिन्न स्थानमा चार वटा जनगणना कार्यलय स्थापना गरिएको जनगणना कार्यालय डोटीले जनाएको छ ।

गणक तथा सुपरिवेक्षकले सत्यतथ्य विवरण ल्याउनका लागि गणना गर्न जादा व्यक्तिको भावना बुझेर मात्र प्रश्न गर्नु पर्ने र सके सम्म स्थानीय स्तरमा बोलिने भाषाको प्रयोग गर्न डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसीले आग्रह गर्नुभयो ।
राष्ट्रिय जनगणना २०७८ू मेरो गणना मेरो सहभागिताू भन्ने मुल नाराका साथ देशै भर हुन गईरहेको हो।

Shaileshwori
Loading...