दिपायल सिलगढी नगरपालिका एमालेकाे नगर कमिटी गठन, अध्यक्षमा बिष्ट निर्वाचित

डाेटी – दिपायल सिलगढी नगरपालिकाकाे नगर कमिटी निर्वाचन प्रणाली द्वारा गठन गरिएको छ ।
कमिटीको अध्यक्ष कर्ण बहादुर बिष्ट, उपाध्यक्ष टेक बहादुर बिष्ट, सचिव नबराज नेपाली, उपसचिव दिपा श्रेष्ठ,सहितको ७५ सदस्यीय नगर कमिटी निर्वाचन प्रणाली द्वारा गठन गरिएको नेपाल कमन्युष्ट पार्टी (नेकपा) एमाले डाेटीका अध्यक्ष चक्र मल्लले जानकारी दिनुभयो ।
अध्यक्ष कर्ण बिष्टले १ सय ६६ मत,उपाध्यक्ष टेक बिष्टले ८१ मत, सचिव नवराज नेपालीले १ सय ४५ मत, उपसचिव दिपा श्रेष्ठले १ सय ३० र उपसचिव हर्क नेपालीले ९७ मत प्राप्त गरेकाे एमाले पार्टी कार्यालय डाेटीले जनाएको छ ।

नगर कमिटीकाे अध्यक्ष पदमा निर्वाचित कर्ण बिष्ट दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिकाका प्रबक्ता समेत हुन् ।
सर्ब सम्मत रुपमा कमिटी गठन हुन नसके पछि मंगलवार दिपायल सिलगढी नगरपालिकाकाे नगर कमिटी गठन निर्वाचन प्रणाली द्वारा गठन गरिएको हाे । जिल्लाका नाैं स्थानीय तह मध्ये सात सात अाेटा स्थानीय तहमा कमिटी गठन भई सकेको छ भने के अाई सिंह गाउँपालिका र पुर्बीचाैकी गाउँपालिकाकाे कमिटी गठन हुन बाँकी रहेकाे पार्टी अध्यक्ष मल्लले बताउनुभयो ।
अध्यक्ष मल्लले दिनु भएको जानकारी अनुसार आज के आई सिंह गाउँपालिकाकाे कमिटी गठन हुने छ । नेकपा एमालेले देशभरकाे वडा तथा स्थानीय तहको कमिटी गठनकाे काम थालनी गरेकाे छ। स्थानीय तहकाे गठन कार्य सकिए पछि प्रदेश र केन्द्रमा कमिटी गठन गर्ने एमालेले जनाएको छ ।
