सेती नदिले बगाउँदा डोटीकी एक बालिका बेपत्ता

डोटी : सेती नदिले बगाउँदा डोटीकी एक बालिका बेपत्ता भएकी छिन् । नदिले बगाउँदा जिल्लाको शिखर नगरपालिका-८ लिलतालीका जित बहादुर साउदकी अन्दाजी ८/१० वर्षीया ईश्वरी साउद बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रबिन्द्र चन्दका अनुसार घर नजिकै नदिमा पानी भर्ने क्रममा उनलाई बुधवार दिउँसो करिब साढे २ बजेतिर सेती नदीले बगाएको हो । बालिका बेपत्ता भएको खबर पाउने बित्तिकै प्रहरी टोली घटनास्थल तर्फ गई खोजतलास कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Shaileshwori
Loading...