बाढी पहिरोका बाट आफन्त गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय डोटी द्धारा राहात बितरण

तेजु ओली/डोटी – बाढी पहिरोका कारण आफन्त गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय डोटी ले राहात उपलब्ध गराएको छ ।

कार्तिक पहिलो हप्ता तिर परेको बेमौसमीय वर्षाका कारण बाढिपहिरोबाट ज्यान गुमाएका १५ जना को परिवारलाई राहात उपलब्ध गराएको छ।

जिल्लामा वाढी–पहिरोबाट जिल्लामा १५ जनाको मृत्यु भएको थियो भने, एकजना वेपत्ता छन। सवै भन्दा वढी मानवीय क्षति भएको जोरायल गाउँ पालिका मा ७ जनाको ज्यान गएको थियो ।

Sayalb

बुधबार प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट को नेतृत्वमा जोरायल गाउँ पालिकामा गएर मृत्यु भएको परिवार लाइ राहत बितरण गरेको छ। मृतकका परिवारजनहरूलाई नेपाल सरकारका तर्फबाट एक जनाको मृत्यु भएको भए नगद दुइ लाख राहत र थप एक जना को मृत्यु भएको परिवारलाइ थप एक लाखका दरले सरकार को नियम अनुसार उपलब्ध गराएको उहाले बताउनुभयो।

जिल्ला का बाढि पिडित मृतकका परिवारलाई नेपाल सरकारबाट प्राप्त राहत वितरण गरिरहेका छौ । अन्य पिडितका लागि बाँकी रकम र अन्य सरकारबाट आउने रकम आएपछि अथासिघ्र उपलब्ध गराउने उहाले बताउनु भयो।जिल्ला को सायल , आदर्श,सिखर,वोगटान र जोरायल गाउँपालिकामा नै गएर गाउँ पालिकाका जनप्रतिनिधिको सहभागितामा नगद हस्तान्तरण गरेको प्रजिअ विष्टले बताउनुभयो ।


त्यसतै नेपाल रेडक्रसको तर्फबाट त्रिपाल,लुगाकपडा, भाडाकुडा लगायतका सामाग्री घरदैलो मै हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी डोटीका सभापति लछीराम कुँवरले बताउनु भयो। मृत्यु को परिवारलाई क्रिया खर्च स्वरूप २५ हजार उपलब्ध गराएको बताउदै थप सरकार बाट आएको नगदले पिडित परिवार को पिडामा थोरै भएनि मलम लगायको जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो।

यसअघि शिखर नगरपालिका–, सायल गाउँ पालिका,बोगटान फुडसील गाउँ पालिका मृतकका आफन्तलाई पनि घरमै गएर राहत वितरण गरिसकेको छ

Shaileshwori
Loading...