शैलेस्वरी मन्दिरको पुर्वि भेगमा निर्माण गरिएको भगवतीको मूर्ति

तेजु ओली, डोटी

सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक स्थल शैलेस्वरी मन्दिरको पुर्वि भेगमा पर्ने भगवतीको मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठा गरिएको छ । जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमामा निर्माण भएको मुर्तिको मंगलवार विधि विधानअनुसार पूजा गरी मूर्तिमा प्राण हालिएको हो । भगवति माताको मुर्तिले आउने पर्यटकलाइ लोभ्याउने विश्वास गरिएको छ । मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गर्दा तान्त्रिक विधिबाट क्षमा पूजा पनि गरिएको शैलेस्वरी मन्दिरका प्रमुख पुजारी प्रेम संकर भट्टले बताए ।

Sayalb

यस अवधिमा मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख शान्ति कायम भई ठूलाठूला रोग व्याधिबाट मुक्त भइने विश्वास छ । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरपालिका भित्रका धार्मिक पर्यटनको सम्भावना बोकेको क्षेत्र भएकाले शैलेस्वरी भगवती मन्दिर नजिकै बनेको मुर्तिले त्यसमा थप सहयोग पु¥याउने अपेक्षा गरेको बताइन् ।

प्राण—प्रतिष्ठा अघि बाजागाजा नााचगानसहित सयौंको संख्यामा श्रद्धालुहरुको उपस्थितीमा मूर्तिलाई पुजा पाठ गरेको थियो। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, दिपायल सिलगढी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । मन्दिरमा कार्तिक शुक्ल पुर्णिमाका दिन विशेष जात्रा लाग्छ । जात्रा भर्न पशिच्चम क्षेत्रका विभिन्न जिल्लाबाट भक्तजन सहभागी हुन्छन् ।

Shaileshwori
Loading...