वगलेक स्वास्थ्य चौकी निर्माण भएको एक बर्ष बितिसक्दा पनी मजदुरले ज्याला पाएनन्
डोटी- डोटीको पुर्विचौकि गाउँपालीका वडा नम्बर २ बगलेक स्वास्थ्य चौकी निर्माण भएको एक बर्ष बितिसक्दा पनी काम गर्ने मजदुरले ज्याला पाउन सकेका छैनन । २०७४ सालमा एक करोड ७० लाखमा टेन्डर पाएको पि एस कन्ट्रक्सन प्रा।ली सिलगढी डोटीले पेटी ठेक्का बाराहि निर्माण सेवालाई प्रदान गरेको थियो । उक्त निर्माण सेवाले भवन निर्माणको कार्य सम्पन्न गरेता पनी काम गर्ने स्थानिय मजदुरलाई भने काम गरे बाफतको रकम दिईएको छैन ।
स्वास्थ्य चौकिको भवन को काम सम्पन्न भई कार्यालय संञ्चालनमा आई सक्दा पनी निर्माणको क्रममा श्रम गरेका कामदारहरुले वर्षौ विसक्दा समेत महीनौ काम गरेको ज्याला नपाएको स्थानीय जगत बि. क बताउछन् ।
सरकारले तोकीयको भन्दा न्युन ज्यालामा काम गर्न इच्छुक भएका स्थानीय ले दैनीक चार सयका दरले भवन निर्माण सुरु हुनदेखी अन्तिम सम्म स्वास्थयको प्रवाह नगरी निरन्तर काम गरे ,स्थानीयको काम गरेबाफतको लाखौ पैसा नपाएको पुर्बीचौकी गाँउपालिका वडा नम्बर दुई की हीरा देबि ओली बताउनु भयो ।
उनि भन्छीन “घाम पानी नभनी काम गरियो आफ्नै मान्छे हुन पैसा दिईहाल्छन भन्ने लागियो तर अहिले सम्म मैले एक रुपैया पनी पाएको छैन, काम गर्दा बिरामी भए जेनतेन गरेर घरमै केहि थुपारेको पैसा थियो सदरमुकामको अस्पतालमा जादा भएको अलिकती पैसा पनी सकियो हाम्रो लागी गरिदिने को छ र”
ठेकेदारको लापरबाहीले अाज सम्म पनि ज्याला पाउन नसकेको स्थानीय श्रमीक जगु ओलीको गुनासो छ । “आज दिन्छु भन्छ, भोली दिन्छु भन्छ। तर, ठेकेदारले भनेको आज, भोली अझै आएन् काम गरेर घर चलाउने हामी, पैसा नहुदा के खाने भन्ने समस्या पर्याे” उनको दुखेसो छ ।
ओली मात्रै होईन एउटै गाउँका दर्जनौ मजदुरले काम गरेको ज्याला पाएका छैनन्। । घर नजिकै रोजगारी पाए पछी खुसी भएका स्थानीयले घामपानी नभनी महिनौं काम गरे तर ठेगदारले श्रम गरेको ज्याला नदीएपछी उक्त गाउका तिन दर्जनभन्दा बढी स्थानीय ठगीएका छन । यहा मात्र हैन जिल्लाका कयौ स्थानीय श्रमीक ठेकदार बाट ठगीएका छन ।