मुक्त हलिया शसक्तिकरण परियोजना डोटीका तिन स्थानीय तहमा लागु
तेजु ओली/डोटी- हलियाको समस्या लाइ समाधान का लागि डोटीका तिन वटा स्थानीय तहमा परियोजनाले काम गर्ने भएको छ । जिल्लाको सिखर नगरपालिका,जोरायए गाउँपालिका र सायल गाउँपालिकामा मुक्त हलिया शसक्तिकरण नामक परियोजना लागु हुने भएको छ।
आज जिल्ला सदरमुकाम सिलगढी मा परियोजना को ढाँचा र आर्थिक, सामाजिक, सास्कृतिक अधिकार को अनुगमन प्रक्रियामा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरी सार्वजनिक गरेको छ। युरोपियन युनियन को आर्थिक सहयोगमा र राष्ट्रिय हलिया मुक्त समाज महासंघको सम्नवय मा आयोजित कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय संग अभिमुखीकरण कार्यक्रम गरि उक्त गतिबिधि गर्ने सार्वजनिक गरेको थियो।
हलियाको नाममा बेथिति भएको उनिहरुको पुनः स्थापना गर्ने नाममा आधार भुत आबशयकता नभएको ठाउमा राखेको छ । त्यो ठाउको पुर्ब अनुमान नगरी राखेको ले त्यो समाधान को लागि हलिया महासंघ ले नजिक बाट हेरेको तर त्यसको समाधान को लागि मन्त्रालय को नै ध्यान केन्द्रित गरेको छ। संधिय सरकार ले गरेको कार्य भएकाले प्रदेस र स्थानीय तहले वास्था नगरको कारण समस्या भएको अब चाहि सम्बन्धित मन्त्रालय बाट नै समाधान गर्नु पर्ने राष्ट्रिय मुक्त हलिया समाज महासंघ का केन्द्रिय अध्यक्ष इश्वर सुनारले बताउनुभयो।
मोवाइम एप्स मार्फत आर्थिक, सामाजिक सांस्कृतिक लगायत आधारभुत तथ्याङ्क राख्ने, आयआर्जन संग जोडने, अभिमुखीकरण गर्ने , स्थानीय तह संग सम्नवय गरेर काम गर्ने र जातिय भेदभाव बिरुद्धमा मिडिया परिचालन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने जस्ता गतिबिधि गर्ने ले केन्द्रीय कार्यक्रम अधिकृत बालकृष्ण चौधरी ले बताउनुभयो ।
जिल्ला समन्वय समिति का प्रमुख राम बहादुर एेरले सरकार संघियता मा गए संगै स्थानीय तहले हलियाको मुदालाइ समाधान गर्न स्थानीय तहले बलियो हुनु पर्ने जस संग हातेमालो गरेर जानु पर्ने ।हलिया को नाममा हुने बेथिति बाट बचेर काम गर्नु भन्दै कार्यक्रम को सफलता को शुभकामना दिनु भएको थियो। कार्यक्रम मा सायल गाउँ पालिका अध्यक्ष तेज बहादुर डुम्रेल , पुर्बी चौकी गाउँ पालिका अध्यक्ष दिर्घराज बोगटी, लगायत जनप्रतिनिधि को सहभागिता रहेको थियो।