बैतडीमा जीप दुर्घटना परी मृत्यु भएका ५ जनाको सनाखत

डोटी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।आइतबार राति साढे आठ बजेतिर जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा हुँदा मृत्यु भएको थियो। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की छन्।

Sayalb

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Shaileshwori
Loading...