सिमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पुर्याउन पहल गर्दै ईडिसी
डोटी – सिमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पुर्याउनको लागी सम विकास केन्द्र (ईडिसी) नेपालको परियोजनाले महिला हिंसा न्युनिकरण र महिलाको न्यायमा पहुँच बढाउन कार्यक्रम गर्दै आएको छ ।
आज महिलाको न्यायमा पहुँच परियोजनाले सिमान्तकृत समुदायका महिला, न्यायिक समिति, र नेपाल प्रहरी बिच अन्तरक्रिया कार्यक्रम गर्दै महिला अधिकार वकालत कर्ता, समुदाय र न्याय सेवाकर्ता बिचको सम्बन्ध र न्यायिक निकायले प्रबाह गर्दै आएको सेवाको बारेमा छलफल गरेको हो ।
कार्यक्रममा सहभागी महिलाहरुले महिला हिंसा न्युनिकरण गर्नमा सम्बन्धित निकाएको ध्यानाकर्षण हुन नसकेको बताएका छन् ।अझै पनि समाजमा अग्रपंक्तिमा महिला भन्दा पुरुष नै भएकोले विभिन्न माध्यम बाट महिलाहरुले पुरुष बाट हेपिनु परेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर सात कि ज्योती बिष्टले बताउनुभयो ।
महिला माथि घट्ने हिंसा लाई न्युनिकरण गर्न स्वयं पिडित ब्यक्तिले नै आफुमाथी घट्ने घटनाको बारेमा सम्बन्धित निकाय सम्म पुर्याउनु पर्ने दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शिबराज खड्काले बताउनुभयो। समाजमा हिंसा जन्य घटना न्युनिकरण गर्नका लागि नगरपालिकाको तर्फबाट हुने सम्पूर्ण घटना न्युनिरण सहजिकरण गर्न पुर्ण रुपमा सहयोग गर्ने उप प्रमुख खड्काले बताउनुभयो ।
महिला हिंसा तथा आत्मा हत्याका घटना न्युनिकरण गर्न र समाजमा जनचेतना जगाउन प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको डोटी जिल्ला महिला सेल प्रमुख राम नाथले बताउनु भयो । महिला हिंसा तथा अन्य घटनाहरुलाई दर्ता गर्न प्रहरीले ढिला सुस्ती गरेको भन्ने प्रश्नको जवाफ दिदै नाथले भन्नु भयो “प्रहरीले कुनै पनी घटना दर्ता गर्न ढिला सुस्ती गरेको छैन, प्रहरीमा आएका उजुरी अनुसारको परमाण नपुग्ने भएकोले यस्तो हुने गरेको हो”
लैंगिक उत्तरदायी न्यायिक सेवा प्रदान गर्नमा न्यायिक कर्ताको भुमिका महत्त्वपूर्ण हुने भएकाले न्यायिक कर्ताले महिलाका मुद्दामा सम्बेदनसिल भएर लाग्नु पर्ने सम बिकास केन्द्र (ईडीसी) नेपालीका महिलाको न्यायमा पहुँच कार्यक्रमका संयोजक कृष्ण थापाले बताउनुभयो ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिका स्थित बसोबास गर्ने महिला समुह, महिला अधिकारकर्मी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।