दिपायल सिलगढी नगरपालिकाको सार्बजनीक सुनुवाई कार्यक्रम सम्पन्न

तेजु ओली/डोटी –डोटीको दिपायल सिलगढी नगरपालीकाको आर्थिक बर्ष ७८÷७९ को प्रथम चौमासीक सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदर्मुकाम सिलगढीमा रहेको नगरपालीकाले यस पटक वडा नं। ५ बागठाटामा नगरपालीकाको सार्बजनीक शुनुवाइ गरेको हो । उक्त वडाका वडा अध्यक्ष मदन भण्डारीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख मन्जु मलासी रहनु भएको थियो ।
सार्बजनीक सुनुवाइ कार्यक्रममा खानेपानको समस्या रहेको नगरपालीकाले खानेपानी उपलब्ध नगराएको, बेमौसमीय बर्षाका कारण भत्कीएका बाटा सफा नगरेका, गाउमा मन्दीर जिर्ण भएकाले मन्दीर मर्मतका लागी बजेट छुटाइदीनु पर्ने स्थानीय बहादुरे लुहारले बताउनु भयो । त्यसै गरी वडामा आमा समुह भएकाले समुहको बैठक बस्नको लागी समस्या भएको भन्दै भबनमा आबश्यक बजेट छुटाइदीन माया परीयारले मागराख्नु भएको थियो । त्यसतै गरी खानेपानीको योजनामा काम गरेको बर्षौ बितीसक्दा पनी उपभोक्ता समीतीले पारीश्रम नदीएको भन्दै उक्त पैसा कीन नपाएको भनेर सारदा भपण्डारीले सोधेको थीयो ।

कार्यक्रममा उठेका सवलको बिषयमा वडा अध्यक्ष मदन भण्डारी र नगर प्रमुख मन्जु मलासी , प्रमुख प्रशासकीय खेमराज गुरुङले जवाफ दिनुभएको थियो । कायैक्रममा उठेका प्रशनको जवाफ दीदै नगर प्रमुख मलासीले नगरपालीकामा कही कतै जो कसैले पनी भ्रष्टाचार गरेको प्रमाणीत भए आबश्यक कार्बाहगर्ने बताउनु भयो । स्थानीयले काम गरेको ज्याला नपाएको बिषयमा जवाफ दीदै पुसको महीनामा उपलबध गराउने प्रतबद्धता ब्यक्त गर्नु भएको थियो । असाठ मसान्त पछी पनी समीतीका अध्यक्षले काम गरेको तर नगरपालीकालाइ जान्कारी नगरेको कारण बजेट नआएकाले उक्त समस्या भएको उहाले बताउनु भयो ।
त्यस्तै वडा अध्यक्षलाइ सोधीएको प्रहनमा जवाफ दीदै वडा नं। ५ का वडा अध्यक्ष मदन भण्डारी ले केही दीनमै स्वरोजगारको कार्यक्रम सूरु गर्ने र बाटो घाटो ततकालै मर्मत गर्ने बताउनुभयो।योसंगैशिक्षा,स्वास्थय,खानेपानी,सार्बजनीकशौचालय,मन्दीर,आमासमुह,अपांगता,सुत्केरी पोसण लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मलासीले समाजमा गरिने हरेक क्रियाकलाप जनताकै लागि गरिने भएकोले जनतालाई नै अघि सारेर काम गर्नु पर्ने कुरामा जोडदिनुभएको थियो । यस वडा बाट सबै भन्दा बढी गुनासा आउने गरेकोले प्रत्यक्ष जवाफ दीन सजीलोको लागी नगरपालकिबाको सार्वजनिक सुनवाइ उक्त वडामा राखेको बताउनु भयो ।
कार्यक्रममा आर्थिक ७८÷७९ मा वडाबाट भएका बिकास निमार्ण, प्रबाह गरिने सेवा सुबिधाको बारेमा जानकारि सहितको प्रतिबेदन अध्यक्ष भण्डारीले प्रस्तुत गरेको थियो । वडा सदस्य शारदा भटटले स्वगत मन्तब्य बाट सरु भयको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण पत्रकार कर्ण चन्दले गर्नु भएको थियो ।
