Before Header
After Navigation

सायल गाउँपालिकाका ३० परिवारलाइ सिडिएफ द्धारा राहात बितरण

तेजु ओली/डोटी- डोटीको सायल गाउँ पालिका वडा नं १ छपालीका ३० परिवारलाइ राहात सामाग्री बितरण गरेको छ। कार्तिक पहिलो हप्ता तिर परेको बेमौसमीय वर्षाका कारण प्रत्यक्ष प्रभाबित भएका सायल गाउँ पालिका १ का स्थानीय लाइ मंगलबार वडा न १ को कार्यमा बितरण गरेको हो ।

प्रति व्यक्ति लाइ एक कट्टा चामल ,तेल ,नुन ,दाल, सहित एक पाल र दुइ बल्याङकेट सहित नौ हजार ६ सय रुपैयाँ बराबरको सामग्री वितरण गरेको सिडिएफ संस्थाका कर्मचारी माया बमले बताउनुभयो ।

   

Sagan sahari bhawan nirman aayojana

उक्त सामाग्री पाए पछि आफुहरुलाइ थोरै भए पनि राहात महसुस भएको प्रभावित परिवारले बताएका थिए। बाढि पहिरो आएको एक महिना हुदा समेत अन्य सरकारी तथा गैरसरकारी संस्था ले कुनै राहात नदिएको अहिले संसयले आफुलाइ ओढने खाने कुरा दिएको मा खुसी भएको तुल्सी देबी थापाले बताउनुभयो। त्यसतै घर भत्किएर अरुको घरमा बस्दै आएका बिर बहादुर नेपालीले आफ्नो पिडा संस्था ले बुझेको भन्दै संस्था लाइ धन्यबाद दिएका थिए।


सामग्री हस्तान्तरण गर्दै वडा नम्बर १ का वडा अध्यक्ष हिरा थापा ले वडामा बाढि पहिरो बाट प्रभावित परिवारको लगत लिइ सकेको बताउनुभयो। कस्लाइ के आवश्यकता छ त्यो वडा बाट नसक्ने भएकाले गाउँ पालिका लगायत अन्य संस्था हरुलाइ सहयोग गरिदिन आहान गर्नु भएको थियो। आज ३० परिवार ले थोरै भएपनि केहि राहात महसुस भएको बताउनु भयो। अहिले सम्म जिल्ला मा थुप्रै गैरसरकारी संस्था भएपनि सिडिएफले दुर्गम गाउमा आएर वडालाइ पनि केहि हौसल्ला दिएको उहाले बताउनु भयो।

डोटी जिल्लामा लामो समयदेखि काम गर्दै आएको सामुदायिक विकास मन्च डोटी९ सिडीएफ ०को साझेदारी ,मिसियो र कारीतास नेपाल को आर्थीक तथा प्राबिधीक मा संचालित डोटी जिल्लामा बाढी पहिरो प्रभावित समुदाय हरुको लागि राहात सहयोग परियोजना अन्तर्गत तत्कालका लागि ३० परिवार लाइ खाध्य र अखाद्य सामाग्री बितरण गरेको संस्था का सचिब शिद्धराज जोसीले बताउनुभयो।

Shaileshwori
Loading...