लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान डोटीमा पनी सुरु

डोटी – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज देखि डोटीमा पनी सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरि विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ ।

यो वर्ष अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियान ‘घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मनाईँदै छ ।महिलाविरुद्ध हुने सबै हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस ९नोभेम्बर २५० देखि यो अभियान सुरु हुने गरेको छ ।

 

महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको महिला तथा बालबालिका ईकाई प्रमुख सानुमाया लिम्बूले बताउनुभयो ।

Sayalb

 महिला पुरुष समान हौ भन्ने सोच आउदैन तब सम्म महिला माथि हिंसाका घटनाहरु घटिरहने प्रमुख जिल्ला अधिकारी संकर विष्टले बताउनुभयो ।मानिसको आत्मा सम्मान, स्वतन्त्रता पुर्बक बाच्न पाउने जस्ता हकको सरकारले सुनिश्चितता गरेता पनि ब्याहारमा लागू हुन नसकेको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनु भयो ।

महिला लाई महिला मात्रै नभई महिला भनेको शक्तिको स्रोत हुन भन्ने सोच समुदायमा बिस्तार गराउनुपर्ने ,पछिल्लो समयमा महिलारु पनि राज्यको विभिन्न निकायमा रहेकोले अब महिला माथि हुने हिंसा जन्य क्रियाकलाप न्युनिकरण हुदै आईरहेको उनले बताउनुभयो ।

कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतीनिधी, पत्रकार र सर्बसाधारणको उपस्थिति रहेको कार्यक्रम दिपायल सिलगढी नगरपालिका र महिला बालबालिका तथा ज्येष्ठ नागरिक साखा डोटीको आयोजनामा अभियानको औपचारिक सुरुवात गरिएको हो ।

Shaileshwori
Loading...