प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश मुख्यसचिवमा कर्ण चन्द
धनगढी – प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको मुख्य सचिवमा कर्ण चन्द निर्वाचित भएका छन् । डोटीका पत्रकार चन्द प्रदेशको अस्थायी राजधानी धनगढीमा सम्पन्न प्रेस सेन्टर नेपालको सुदूरपश्चिम प्रदेश स्तरीय दोस्रो अधिवेशनबाट मुख्यसचिवमा निर्वाचित भएका छन् । उनी डोटीमा रहेको सामुदायिक रेडियो त्रिवेणी एफएम ९४.४ मेगाहर्जका स्टेसन म्यानेजर हुन् । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी एक भई बनेको प्रेस संगठन विघटन हुनुपर्व उनी संगठनको डोटी संयोजक थिए ।
यस्तै ३७ सदस्यीय प्रदेश कमिटीको अध्यक्षमा भुवन बोहरा चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा सम्राट सिंह, उपाध्यक्षमा पदम बोहरा र प्रेम नेपाली, सचिवमा लखन चौधरी, भुवन बिष्ट, हरिश नगाल, सुरेन्द्र ताम्राकार, सोधा नेपाली, शान्ति वोहरा र धनराज विकलाई निर्वाचित गरेको छ । कोषाध्यक्षमा घनश्याम पौडेल निर्वाचित भएका छन् ।
अधिवेशनको एक समारोहका बिच सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।