जलवायु परिवर्तन सम्बन्धी तिन दिने तालिम दिपायलमा सुरु

तेजु ओली,डोटी
डोटी र बाजुराका पत्रकारहरूका लागि जलवायु परिवर्तन सम्बन्धी तिन दिने तालिम दिपायलमा सुरु भएको छ । विपद् जोखिम व्यवस्थापनसँग सम्बन्धित सुचना सम्प्रेशण विषयक क्षमता अभिवृद्धी तालिम डोटीमा सुरु भएको हो । कारितास नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्चद्वारा संचालित सामुदायिक उत्थानशिलता सुदृढीकरण परियोजनाले बुधवारदेखि सुरु गरेको उक्त तालिम तिन दिन सम्म सन्चालन हुने छ ।

उक्त उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले जलविद्युत परिवर्तनले हामी जस्तो विकासिल राष्ट्र बढि मारमा परेको बताउदै मान्छेलाई सहि सुचना दिने कुरामा पत्रकारले इमान्दार भएर सहि सुचना सम्प्रेषण गर्ने हो भने जलवायु परिवर्तनका घटना बाट धेरै मारमा नपर्ने बताए । जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बिष्टले केही समय पहिला आएको बेमौसमिय वर्षाका कारण क्षेति भएको जनाउँदै यस्ता प्राकृतिक घटना घट्नुमा जलवायु परिवर्तन रहेको बताए । तालिमले पत्रकारलाइइ अन्य विषय जस्तै विपद्मा सुचना सम्प्रेषण गर्ने समाचार प्रसारण गर्नेमा थप विश्वस्त रहेको बताए ।
सामुदायिक विकास मञ्च नेपालका कार्य समिति सचिव सिद्धराज जोशीले पत्रकारले आफ्ना संचार माध्यमबाट विपद्संग सम्बन्धित सुचना सम्प्रेषण गरे धेरै क्षेति हुनबाट कम हुने बताए । यस्ता घटनामा त्रासको वातावरणमा हुने भएकाले सत्यतथ्य सुचना सम्प्रेषण होस भन्ने हेतुले उक्त तालिमको आयोजना गरेको बताए । दुबै जिल्लाका २० जना रहेको उक्त तालिमको प्रशिक्षक नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा रहेका छन् ।
