माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न
१५० जना माओवादी केन्द्रमा प्रवेश

अछाम- क्रान्तिकारी बिचार सुदृढ संगठन र समृद्ध समाजको महाअभियान, समाजबादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिबेशन भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेल्लेख गाउँपालिकाको प्रथम अधिबेशन भब्य समारोहका साथ सम्पन्न भएको छ ।
अधिबेशनमा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य, सुदूरपश्चिम सह इन्चार्ज एवं सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रमुख अतिथिको आशनबाट बोल्दै देशलाई समग्र रूपमा परिवर्तन गर्न चाहने, यसको श्रेय माओवादी केन्द्रले गरेको, दश बर्से जनयुद्धलाई जाने र आफ्नो घरको नजिक जनताले सरकार पाएको, यो देन नेकपा माओवादी केन्द्रको रहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य तरामान स्वार बिशिस्ट अतिथि रहनु भएको थियो । समाजबादी क्रान्ति गर्नको निम्ति सबै मिल्नु पर्छ त्यस पश्चात् समाज रुपान्तरणको परिकल्पना गर्न सकिने र मेल्लेखमा माओवादीमय भएकाले यो जोस र जागर उमंगलाई कहिले पनि सेलाउन नदिन सबैमा आग्रह गर्नु भएको छ ।


अधिबेशनमा नेकपा माओवादी केन्द्र अछाम जिल्ला इन्चार्ज झपट साउद, माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज शिव सिंह ओलि, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य दिपक साउद, प्रदेश कमिटी सदस्य एवं मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य इश्वरी खड्का, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य राम बहादुर थापा, जिल्ला कमिटी सदस्य वीर बहादुर साउद, भिम ब बुढा, बलाराम उपाध्याय, अखिल क्रान्तिकारी निबर्तमान केन्द्रीय सचिव मदन कुमार भुल रोशन, माओवादी केन्द्र जिल्ला कमिटी सदस्य टेकबहादुर साउद, माओवादी केन्द्र जिल्ला सल्लाहकार सदस्य देब साउद, डम्बर बुढा, प्रजित साउद, रन ब बुढा, माओवादी केन्द्र चौरपाटी गाउँपालिका कमिटी अध्यक्ष जीवन बिक्रम साउद, नेकपा एमाले प्रतिनिधि सुरेन्द्र साउद, नेपाली काङ्ग्रेस मेल्लेख सभापति खगेन्द्र साउद, एकीकृत समाजबादी मेल्लेखका सचिव टेकबहादुर साउद, माओवादी केन्द्र धनगढी जिल्ला कमिटी सदस्य राधिका साउद, लगाएत पार्टीका विभिन्न भातृ संघ संगठन का प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

नेपाली काङ्ग्रेस र नेकपा एमाले परित्याग गरि १५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छ्न ।अधिबेशनमा मेल्लेख गाउँपालिकाका सहिद परिवारलाई प्रमुख अतिथि भट्टको हातबाट खादा तथा माला लगाएर सम्मान गरिएको र गाउँपालिका द्वारा निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरुको समेत अवलोकन गरिएको छ । मेल्लेख गाउँकमिटी अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षता तथा माओवादी केन्द्र जिल्ला सल्लाहकार सदस्य टन्का बिकको स्वागत मन्तव्य बाट शुरु भएको अधिबेशनको संचालन जिल्ला कमिटी सदस्य गम्भीर साउदले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय सास्कृतिक झलकहरु समेत प्रदर्शन गरिएका थिए ।

