लडागडामा बाल बिबाह सम्बन्धमा मतदान

तेजु ओली/डोटी -डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडामा बालविवाह न्यूनीकरण गर्नका लागि मतदान गरिएको छ। उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएकाले अहिले त्यो कार्य रोक्नका लागि यहाँका बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान कार्य सुरु गरिएको हो।

डोटी को जिल्ला सदरमुकाममा रहेको दिपायल सिलगढी नगरपालिका को ८ नमबर वडामा बालविवाह गर्नु हुँदैन भन्ने विषयमा अभिभावक तथा बालबालिकालाई सचेत गर्ने गरेर विभिन्न कार्यक्रम गर्दै आपछि त्यसको मूल्याकनका लागि मतदान कार्य सुरु गरिएको हो। पहिलो पटक यसरी चुनाबमा भाग लिन पाएको ले बालबालिका उत्साहित भएर मतदानमा सहभागी भएका र धेरै ले बालबिवाह गलतहो यसले समस्य निम्याउछ भनेर बालबिवाह गर्नु हुन्न भन्ने मा मतदान गरेको सुनादेबी माध्यमिक विद्यालय का प्रधानाध्यापक नबराज पाठकले बताउनुभयो।

 

बिहिबार सुनादेवि माध्यमिक बिद्यालय मा लडागडा गुड नेवर्स इन्टरनेशनल, नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास केन्द्र, डोटीको आयोजनामा पहिलो पटक ूबालविवाह विरुद्ध मतदान अभियानूगरिएको हो । बालबालिका हरुले बालबिवाह ले आर्थिक शैक्षिक,सारीरीक मानसिक रुपबाट बन्चित हुनु पर्ने भएकाले बालबिवाह गर्नु हुदैन भन्नेमा मतदाने गरेको कक्षा १० मा पढने छात्रा गंगा कडायत ले बताउनुभयो।

Sayalb

जसमा २ सय ८७ जना बालबालिका ले मतदान गरेका थिए । जसमा छात्र १ सय ४५ छात्रा एक सय ४२ जना रहेका थिए । बाल बिवाह गर्नु हुन्न भन्नेमा २ सय ६१ जना ले भोट गरेका थिए भने बालबिबाह गर्नु पर्छ भन्नेमा २६ जनाले मतदान गरेको सामुदायिक बिकास केन्द्र डोटी का सुचना अधिकारी एकराज बडुले बताउनुभयो।


२० वर्ष नपुगेर विवाह गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था भए पनि अधिकांश बालबालिकाले भने २० वर्ष कम उमेरमा विवार गर्दै आएका छन् । आफ्ना बालबालिकालाई गर्नु हुन्न भन्ने विषयमा मतदान गर्न सिकाएको अभियानले बताएका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाले पनि सानै उमेरमा विवाह गर्नु हुँदैन भन्ने विषयमा गाउँमा विभिन्न जनचेतना कार्यक्रम फैलाउदै आएका छन्। अन्धबिश्वास ,गरिवी तथा बेरोजगारीका कारण उच्च शिक्षा पठनपाठन गर्ने नसकेपछि उनीहरू कि त पढाइ छोडेर विदेश जान्छन् कि त बालविवार गर्छन, अभिभावकको भनाइ छ ।

 

यो समस्यालाई समाधान गर्न र उनीहरूको पढाइ सहज बनाउने गरेर अहिले संस्थाले विभिन्न स्कुलमा पोसाक तथा स्टेसनरी सामग्रीसमेत सहयोग गर्दै आएको गुड नेवर्स इन्टरनेशनल, नेपाल डोटीका संयोजक रन्जित चौधरी ले बताउनुभयो।

Shaileshwori
Loading...