जटिल बन्दै मास्कको बिसर्जन : गम्भीर असर गर्ने विज्ञको चेतावनी

काठमाडौं- कोरोना कहरभन्दा पहिले उपत्यकासहित नेपालका प्रमुख सहरमा धुलोबाट जोगिन मास्कको प्रयोग हुन्थ्यो । त्यो पनि निकै कम मानिसले मात्र प्रयोग गर्थे । तर पछिल्लो डेढ वर्ष यता मास्क हरेक नेपालीको जीवनमा अभिन्न साधन बनेको छ । अहिले सहर–बजारमा मास्क नलगाएको मान्छे खोज्नैपर्छ ।

दुई वर्षअघिसम्म फेसनका रुपमा लिइने मास्क अत्यावश्यक साधन बन्नुको प्रमुख कारण हो, कोरोना भाइरस । विश्वव्यापी कोरोना संक्रमण बढेसँगै नेपालमा मास्कको प्रयोगमा बढेको हो । कोरोना मात्रै होइन, अन्य संक्रमणजन्य रोगबाट बच्न मास्क प्रभावकारी भएको जनस्वास्थ्यविद्को भनाइ छ ।

Sayalb

कोरोना संक्रमण फैलिएसँगै सरकारले मास्क प्रयोगलाई अनिवार्य गर्दा यो आम मान्छेको जीवनशैली बनेको छ । ग्रामीण क्षेत्रमा यसको प्रयोग कमै भए पनि सार्वजनिक सवारी, सभा, सम्मेलन, व्यस्त बजार र कार्यालयमा पनि मास्कको प्रयोग अनिवार्यजस्तै बनिसकेको छ ।

बजारमा विभिन्न थरीका मास्कको प्रयोग हुने गरेको छ । सर्जिकल मास्कको प्रयोग बढी हुन्छ । यो एक पटक प्रयोग भएपछि पुनः प्रयोग हुँदैन । मास्कको प्रयोगबारे आमनागरिक जति जागरुक देखिन्छन्, यसको बिसर्जनप्रति भने कमै सावधानी अपनाएको भेटिन्छ । सडक किनारा, पार्क, नदी र ढलमा मास्कको थुप्रो देखिन्छ । आफ्नो स्वास्थ्य सुरक्षाका लागि प्रयोग भएको मास्क फालिसकेपछि त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ भनेर कसैले चासो दिँदैनन् ।

के हो त मास्कले मानव स्वास्थ्यमा पार्ने असर
मानिसको जीवनरक्षाका लागि महत्वपूर्ण साधन बनेको मास्कको सही व्यवस्थापन नहुँदा यसले मानव स्वास्थ्य मात्र नभई बोट विरुवा र जनावरमा पनि असर पार्ने विज्ञको भनाइ छ । मास्कले प्लाष्टिकजन्य फोहोरजस्तै वातावरणीय प्रभावमा गम्भीर असर गर्ने विज्ञको चिन्ता छ । मास्क प्रयोगका लागि सरकार र स्वास्थविद्ले प्रेरित गरे पनि त्यसको उचित व्यवस्थापन गर्नेतर्फ ध्यान नदिएको सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुन बताउनुहुन्छ ।

यसरी फालिएको मास्कमा भाइरस भए सरसफाइ गर्ने व्यक्तिको माध्यमबाट घुमिफिरी समाजमा फैलनसक्ने उहाँको भनाइ छ । ‘मास्क जताजतै फाल्दा भाइरस जीवित छ भने सफाइ गर्नेलाई सर्ने जोखिम उच्च हुन्छ’, डा। पुन भन्नुहुन्छ, ‘त्यसैले फालेको मास्कबाट संक्रमण पुनः समाजमा फैलने डर हुन्छ ।’

डा। पुनका अनुसार प्रयोग गरिएको मास्कमा कोरोना भाइरस मात्र नभएर अन्य भाइरस पनि हुन सक्छन्। ‘हाम्रो समाजमा विभिन्न रोग भएका मानिस बस्नुहुन्छ । उहाँहरुले लगाउनु भएको मास्क फाल्दा उहाँहरुको रोग पनि सफाइ गर्नेलाई सर्नसक्छ । फालिएका मास्कमा कति दिन भाइरस रहन्छ भन्ने कुरा भाइरसको प्रकृतिमा भर पर्छ,’ डा पुन भन्नुहुन्छ, ‘कोरोना भाइरस ५–७ दिनसम्म रहन सक्छ । यदि कसैमा टीबीको ब्याक्टेरिया छ भने कोरोना भन्दा बढी समय ब्याक्टेरिया रहन सक्छन्।’

संक्रमणबाट जोगिन प्रयोग हुने मास्कको व्यवस्थापनमा ध्यान नदिए यसले चुनौती सिर्जना गर्ने वातावरण विज्ञको भनाइ । भविष्यमा प्लास्टिक जस्तै मास्कको बिर्सजन ठूलो चुनौती हुने वातावरण विज्ञ जुद्धबहादुर गुरुङले बताउनुभयो । ‘प्लास्टिकलाई जस्तै सर्जिकल मास्कलाई पनि रिसाइकल गर्न मिल्दैन, यसको बिर्सजन गर्न चुनौती हुन्छ’, वातावरण विज्ञ गुरुङ भन्नुहुन्छ, ‘वातावरणमा पार्ने समस्या मात्र होइन मास्ककै कारण भाइरस समाजमा थप फैलिने खतरा हुन्छ ।’ सर्जिकल मास्कले माटोको गुणस्तरलाई पनि कमजोर बनाउने उहाँको भनाइ छ । ‘यसले माटोको गुणस्तरलाई कमजोर पार्छ’, गुरुङ भन्नुहुन्छ ।

अहिलसम्म नेपालमा फालिएको सर्जिकल मास्कले कस्तो असर गर्छ भनेर कुनै पनि अध्ययन भएको छैन । तर, यसले केही वर्षपछि गम्भीर प्रदूषण बढाउने उहाँको भनाइ छ । ‘मास्क यसरी जताजतै फाल्दा पुन संक्रमण फैलने डर हुन्छ’, गुरुङ थप्नुहुन्छ, ‘यसले दुईचार वर्षपछि नेपाललाई झन् प्रदूषित पार्नसक्छ ।’

वातावरणलाई जोगाउने भए अहिले नै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ । ‘अहिले पनि ढिला भएको छैन । ‘मास्कको उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल सचेतना फैलाउनुपर्छ’, गुरुङ भन्नुहुन्छ । स्थानीय निकाय र सरोकारवाला निकायसँगको समन्वयमा मात्र यसको व्यवस्थापन हुने उहाँका भनाइ छ ।

धेरै अस्पताललले कुहिने र नकुहिने फोहोलाई उचित तरिकाले व्यवस्थापन गरेका छन्। तर त्यो भन्दा ठूलो जमात अस्पताल भन्दा बहिरा भएकोले त्यो समुदायलाई मास्कको उचित व्यवस्थापनको विषयमा बुझाउन नसक्दा यो समस्या देखिएको विज्ञको भनाइ छ । कोरोना महामारीको समयमा नेपालमा कति मास्क प्रयोग भए, कति विदेशबाट आयात गरियो कति नेपालमा बनाइयो भन्ने तथ्याङ्क भने सरकारसँग छैन । विश्वमा एक पटक लगाएर फालिने मास्क प्रति महिना ४३ करोड उत्पादन भएको अनुमान गरिएको छ।

निर्देशिकामा के छ रु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीको आपत्कालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन सम्बन्धी निर्देशिका बनाएको छ । निर्देशिकामा मास्कको बाहिरी सतहमा ७ दिनसम्म भाइरस जीवित रहने उल्लेख छ । यो निर्देशिकामा अस्पताल तथा स्वास्थ्य संस्था, क्वारेन्टाइनबाट निस्किएको फोहोर मैला उचित तरिकाले व्यवस्थापन गर्न निर्देशन दिएको छ।

स्वास्थ्य संस्थामा प्रयोग भएका मास्कलाई ‘डिसइन्फेक्सन’ गरेरमात्र बिर्सजन गर्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्त डा। समिरकुमार अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार मन्त्रालयले अस्पताल, क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टरको फोहोर व्यवस्थापनका लागि निर्देशिका बनाएको छ ।

प्रयोग भइसकेको मास्क कसरी बिर्सजन गर्नेरु
स्वास्थ्य संस्थामा निर्देशिका कार्यन्ययन गराउन सजिलो हुने भएकोले स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन चुनौती नहुने डा। अधिकारी बताउनुहुन्छ। डा। अधिकारीका अनुसार मास्क बिर्सजन गर्ने कुरामा ख्याल गर्नुपर्छ । हामीले लगाउने मास्क थैलोमा हावा नछिर्ने गरी पाँच दिनसम्म राखेर बिर्सजन गर्नुपर्छ । हरेक व्यक्तिले मास्को बिर्सजनमा ध्यान दिए यसबाट हुने संक्रमण फैलिने डर कम हुने सहप्रवक्ता अधिकारीको भनाइ छ ।

विश्वमा प्रत्येक मिनेट ३० लाख मास्क प्रयोग
नेपालमा प्रयोग भइसकेका मास्कको व्यवस्थापन आधिकारिक विवरण छैन । साउथ डेनमार्क विश्वविद्यालयका पर्यावरणीय विषाक्त विशेषज्ञ एल्विस गेन्बो सु र प्रिन्सटन विश्वविद्यालयका सिभिल र पर्यावरण इन्जिनियरिङका प्राध्यापक जियाङ जेसन रेनलेको नेतृत्व गरेको एक अध्ययनले कोरोना सुरु भएदेखि संसारभर १२९ अर्ब फेस मास्क प्रयोग गरिएको अनुमान गरेको छ। अध्ययन अनुसार विश्वमा प्रत्येक मिनेट ३ मिलियन मास्क प्रयोग भइरहेको अनुमान गर्न सकिन्छ । तीमध्ये अधिकांश प्लास्टिक माइक्रोफाइबरबाट बनेको डिस्पोजेबल फेस मास्क रहेका छन्।

‘जथाभावी मास्क फाल्दा वातावरणीय खतरा बढिरहेको छ । यी खतरा पहिचान गर्न र यसलाई प्लास्टिक जस्तै समस्या हुनबाट रोक्न आवश्यक छ’, अध्ययनको सुझावमा उल्लेख छ ।
गोरखापत्र

Shaileshwori
Loading...