चितवनको टिकट काटेका ८ यात्रुलाई बसले अत्तरियामा अलपत्र पार्यो
अत्तरिया : खप्तड यातायात प्रालिको बसले चितवनसम्मको टिकट काटेका यात्रुलाई अत्तरियामा अलपत्र छोडेको छ । ना ८ ख ४३०६ नम्बरको बसले धनगढीबाट टिकट काटेका ८ जना यात्रुलाई अलपत्र छाडेको बताइएको छ । यात्रुलाई अलपत्र पार्ने बसलाई कडा कार्वाही हुनुपर्ने अलपत्र परेका एक यात्रु रोजेन्द्र जोशीले बताए । यही १८ र १९ गते देखि चितवनमा हुने एक कार्यक्रममा सहभागी हुन जान लागेका जोशीलाई बसले अलपत्र पारेपछि मर्कामा परेका छन् ।
यस्तै अर्का यात्रु कर्ण चन्दले पनि यस्ता गैरजिम्मेवार कार्य प्रति समिति ध्यानाकर्षण भएको बताएका छन् । साथै बसलाई कार्वाहीको लागि ट्राफिक कार्यालय अत्तरियाको जिम्मा लगाएको उनले बताए ।
आफुहरुलाई अलपत्र बनाएपछि खप्तड यातायात प्रालिको बसमा नै यात्रा नगर्न अलपत्र यात्रुले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।