डोटीमा मुक्त हलियाको सवालहरूमा सरोकारवालासँगको परामर्श बैठक सम्पन्न

डोटीमा मुक्त हलियाको सवालहरूमा सरोकारवालासँगको परामर्श बैठक सम्पन्न भएको छ । नेपालमा कृर्षिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजना अन्तरगत परामर्श बैठक दिपायल सिलगढी नगरपालिकाको सभाहल सिलगढीमा सम्पन्न भएको हो ।

एक्सनएड नेपालको साझेदारीमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले दुई वर्षे नेपालमा कृर्षिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजना डोटीमा लागु गरेको छ । सरकारले हलिया मुक्ति घोषण गरेको १३ वर्ष वितेपनि हलियाका समस्या जस्ताका तस्तै रहेका कार्यक्रमा सहभागीले बताए ।

Sayalb

पुर्विचौकी गाउँपालिकाको फुलोटकी एक महिला गौरीले कार्यक्रममा आफ्नो दुःख पोखिन् । हलिया बसेको बेला साहुको जमिनमा बस्ने एउटा सानो छाप्रो बनाएको तर श्रिमानको मृत्यु भएपछि जग्गाधनिले जग्गा खाली गर्न समय समयमा आग्रह गरिरहेको उनले बताईन् । आफुलाई यस्तो समस्याबाट मुक्त गरिदिन उनले सरोकारवालासँग आग्रह गरिन ।

हलिया आफ्नो अधिकारको लागि लड्न समेत नसक्ने भएकाले हलियाका समस्याहरू समधान गर्नको लागि सबै सरोकारवालाले आवाज उठाईदिनु पर्ने राष्ट्रिय हलिया मुक्ति समाज डोटीका महासचिव टिका सिं नेपालीले बताए । हलिया मुक्त घोषणा गरिएको भए पनि नेपालको संसदबाट हलिया सम्बन्धि कानुन निर्माण हुन सकेको छैन् । यसको लागि कानुन आवश्यक हुने अधिवक्ता शंकर दिप मडैले बताए । आफु जिल्लामा रहेसम्म हलियाको सवालमा सहयोग गर्न तयार रहेको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज खड्काले बताए । यसको लागि प्रमुख जिल्ला अधिकारी लगायतसँग समन्वयकारी भुमिका निभाउन तयार रहेको उनले बताए ।

कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Shaileshwori
Loading...