Before Header
After Navigation

डाेटीका कुखुरापालक व्यावसायी मूल्य पाउदैनन् , बिचाैलिया माेटाउदै

डाेटी । डाेटीका कुखुराको मूल्य नपाउँदा कुखुरा पालक व्यावसायि मार्कामा परेका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेकोले उनिहरुकाे गुनासो छ।

पटक–पटक दाना र चल्लाको मूल्यमा वृद्धि हुँदा पनि कुखुराको मूल्यमा गिरावट आएको, सप्लायर्सहरुले समयमा कुखुरा नउठाउने, किसानले तत्काल कुखुराको मूल्य नपाउने, सप्लार्यसहरुले मनपरी मूल्य निर्धारण गर्ने काम गरेको शिखर नगरपालिका वडा नम्बर तिनका कुखुरा पालक व्यावसायि तेज बहादुर जाेराले बताउनुभयो।

अहिले बजारमा प्रति प्रति क्विन्टल दाना नाैं हजार,चल्ला प्रति गोटा १ सय १९ मा किसानले किन्दै आएका छन् । चालीसदेखि ५५ दिनसम्म किसानले पालेका कुखुराको मूल्य भने प्रतिकिलो सरदर रु १ सय ९० मा किनबेच हुँदै आएको बताइएको छ । त्यसमा पनि किसानसँग प्रतिकिलो रु १८० मा किनिएको कुखुरा उपभोक्तासम्म आइपुग्दा ३ सय ९० देखि ४ सय १० सम्म प्रतिकिलो तयारी मासु बिक्री हुने गरेको छ । दाना र चल्लाको मूल्य बढेपछि तयारी कुखुराको मूल्य नबढेको जाेराकाे भनाइ छ।

Sagan sahari bhawan nirman aayojana

परदेश बाट नेपालमा केही गराैं भनेर आएका उनी जस्ता कयाैं कुखुरा पालक किसान मार्कामा परेका छन्। जाेरा भन्छन् “हाम्रो रोजगारीको गन्तब्य सधैं परदेश निश्चित प्रायः छ। नेपाली
किसानहरूको मर्म, पिडा, गुनासो सुन्ने बुझ्ने र सहयोग गर्ने कुनै निकाय नै छैनन्,कोही दयालु शासक छैन।देश बनाउने योजना र प्रतिबद्धता कसैको छैन, छ त केवल सत्ता स्वार्थ, दलाली सार्वजनिक सम्पत्ति माथिको दोहन मात्रै”

मिठो सपना बोकेर परदेशबाट आफ्नै जन्मभूमिमा फर्केका उनले बजार मुल्य नपाए पछि कुखुरा नपाल्ने निर्णय गर्न बाध्य भएका छन्। उनी भन्छन् “परदेश बाट अाए र परिवार संगै काम गर्ने धाेकाे थियाे। तर म जस्ता युवाले गरेको हरेक ब्यबसाय धरापमा छ। परदेश जानुकाे विकल्प छैन्।”

सरकारले व्यावशाय गर्ने उद्यमशिल युवाहरुकाे लागि विभिन्न किसिमका कार्यक्रम ल्याए पनी अहिले सम्म डाेटीका कुखुरा पालक व्यावशायी भने बजार मुल्य नपाएको गुनासाे गर्दै आएका छन् ।

Shaileshwori
Loading...