सोलार लिफ्ट मार्फत पानी ल्याइए पछी सिखर नगरपालिकाका २ सय ४० घरधुरी लाभान्वित

तेजु ओली/डोटी-डोटीको सिखर नगरपालिका वडा नम्बर ८ गोपघाट, मोथबोरा का दुइ सय ४० घरधुरी साना सिचाई बाट लाभान्वित भएका छन्। डिसिए नेपाल र शिखरनगरपालिका को आर्थिक सहयोगमा सम विकास केन्द्र ईडिसिले सेती नदि को पानी सोलार लिफ्ट मार्फत नदि देखि ९० मिटर उचाइमा रहेको समुदायमा पुर्याए पँछि उक्त ठाउका स्थानीय यस आयोजना बाट लाभान्वित भएका छन्।

६३ एम एल को पाइपबाट सेती नदिबाट पानी गाउमा आएपछि स(साना करेसा बारी सिचाइँ गर्न र सरसफाई को लागि उपयोग गर्न सकिने उपभोक्ता समिति का अध्यक्ष अर्जुन बोलाएर ले बताउनुभयो। गाउ भन्दा टाढा खोलाको पानि उपभोग गर्दै आएका स्थानीय ले घणटौ समय बिताउनु पर्ने बाध्यात्मक अवस्था को अन्त्य भएको स्थानीय को भनाई छ।
सम बिकास केन्द्र डोटी द्वारा संचालित साकार परियोजना र मथबोरा सिचाई उपभोक्ता समिति द्वारा संचालित मथबोरा सोलार लिफ्टीग सिचाइ आयोजना मा सिखर नगरपालिकाको १२ लाख र ईडिसिर साकार परियोजनाको ८ लाख गरि जम्मा २० लाखमा उक्त सिचाइ आयोजना सम्पन्न गरेको सम बिकास केन्द्र डोटी का कार्यक्रम संयोजक रमेश भुल ले जानकारी दिनु भएको छ।
तत्कालको लागि सिचाईको ब्याबस्था भएको भविष्यमा नगरपालिका, वडा ८ को कार्याल र उपभोक्ता समिति मिलि प्रशोधन मार्फत खानेपानी को रूपमा पनि उपयोग मा ल्याउने योजना रहेको संस्था ले जनाएको छ।
