कर्मचारी नपठाएर सङ्घीय सरकारले असहयोग गर्‍यो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशमा कर्मचारी नपठाएर सङ्घीय सरकारले असहयोग गरेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । आफ्नै निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन ।
बाढी पहिरोले आक्रान्त बनेको सुदूरपश्चिम प्रदेशमा कर्मचारी अभावका कारण विनियोजन गरिएको बजेट कार्यान्वयन गर्न नसकिएको मुख्यमन्त्री भट्टले बताए । भट्टले भने ‘हामीले मृतकका परिवारलाई राहत तथा उद्धारका लागी मन्त्री परिषद्को आकस्मिक बैठकबाट बजेट विनियोजन गयौँ तर अहिलेसम्म खर्च गर्न सकिएको छैन ।’
प्रदेश सरकारका दई महत्त्वपूर्ण मन्त्रालय सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय दुई महिना देखी सचिव विहीन बनेका छन् । मुख्यमन्त्री कार्यालयमा पनि एक जना मुख्य सचिव मात्र छन् ।
मुख्य कर्मचारीहरू मात्रै होइन सहायक तथा अन्य कर्मचारी पनि अभाव भएका कारण प्रभाकारी काम गर्न समस्या भएको प्रदेश सरकारको निष्कर्ष रहेको छ । मुख्यमन्त्री भट्टले भने ‘कर्मचारी पुर्तिका लागी विभागीय मन्त्री र नेपाल सरकारका मुख्य सचिवसँग ३÷४ पटक कुरा गरेँ सुनुवाइ भएन, कर्मचारी खटनपटनको अधिकार सङ्घीय सरकारसँग छ, सङ्घीय सरकारले मुख्य कर्मचारी नपठाउँदा हामीलाई असहयोग भएको छ ।’
केन्द्रमा सत्ता गठबन्धको सरकार रहेकै बेला मुख्यमन्त्री भट्टले सङ्घीय सरकारले कर्मचारी नपठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । उनले भने ‘ आम नागरिक तथा सञ्चारकर्मीले राजनैतिक नेतृत्व माथि प्रश्न गर्ने गर्छ तर कर्मचारी नेतृत्वलाई पनि प्रश्न गर्नु पर्ने आवश्यक छ , निर्णय गर्ने र कार्यान्वयन गर्नेका बिचमा तालमेल भएन भने परिणाम राम्रो आउन सक्दैन ।’
Sayalb
कर्मचारी अभावका कारण दैनिक रूपमा गर्नै पर्ने कामकाज पनि गर्न सकिएको छैन ।
Shaileshwori
Loading...