डोटीमा पत्रकार आचार संहिता जागरण र मिडिया प्रतिको जनगुनासो सुनुवाइ कार्यक्रम गरियो

डोटी- डोटीमा पत्रकार आचार संहिता जागरण र मिडिया प्रतिको जनगुनासो सुनुवाइ कार्यक्रम गरिएको छ।नेपाल प्रस काउन्सिलको आयोजना र नेपाल पत्रकार महासंघ डोटीको संयोजनमा कार्यक्रम गरिएको हो ।

“स्वच्छ स्वच्छ, स्वतन्त्र एवं पत्रकारिता मैत्री” प्रेस काउन्सिल भन्ने मुल नाराका साथ देशै भरका पत्रकारका लागि पत्रकार आचार संहिता जागरण कार्यक्रमको थालनी गरिएको नेपाल प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेतले बताउनुभयो ।
मिडिया अनुगमनको रुपमा प्रेस काउन्सिल नेपाल कार्य गर्ने मिडिया र नेपाल सरकार बिच पुलको काम गर्ने भएकोले मिडिया संग सम्बन्धित उजुरीहरु प्रेस काउन्सिल नेपालले हेर्दै आएको छ।समाजको लागि योगदान दिने पेसा पत्रकारिता भएकोले फाइदा भन्दा पनी सेवा सम्झेर समाज रुपान्तरणको लागि सक्रिय पत्रकारितामा लाग्नुपर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।


मिडिया सक्षम, सिपयुक्त जनशक्ति भएमा समाजमा विश्वास सिर्जना गर्न सक्ने निर्माण गरी सर्बप्रथम आफै जागरुक भएर लाग्नुपर्ने र मिडियाले लेखेका कुराहरु सुनुवाइ नहुने कारण पत्रकारले आफैले खातलेर उठान गरेका बिषय बस्तुमा सम्बन्धित निकायलाई ध्यानाकर्ष गराउन सकिने उनले बताउनुभएको छ ।

समाचार भाषिक शुद्धिकरण नहुदा अन्य अर्थ लाग्ने भएकोले सहि सुचना सम्प्रेषण गर्न निमित प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले हुन अनुरोध गर्नु भएको छ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो।
