लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान डोटीमा बिभिद कार्यक्रम गरि समापन

तेजु ओली/डोटी-लैङ्गिक हिंसाविरुद्ध को १६ दिने अभियान आज बिभिद कार्यक्रम गरि समापन भएको छ।जिल्लाका सबै स्थानीय तहले फरक फरक कार्यक्रम को आयोजना गरी मनाएको छ ।
आज जिल्ला सदरमुकाम सिलगढी मा सबै जसो स्थानीय तहको प्रतिनिधित्व हुने गरी नगरपालिकाले आयोजना गरेको दिपायल सिलगढी नगरपालिका महिला तथा बालबालिका साखा प्रमुख सानु माया लिम्बूले बताउनुभयो।
दिपायल सिलगढी नगरपालिका को आयोजनामा नगर पालिकाको सभाहलमा सरोकारवाला संग बहस तथा अभियान को क्रममा गरेका कार्यक्रम को समिक्षा गरी समापन गरेको हो।नगरपालिका ले लैङ्गिक हिसा बाट महिलाहरु बढी पिडित हुने भएकाले ४० जना किसोरी लाइ दुइ दिने आत्मसुरक्षा तलिम दिएको थियो ।

आजको अन्तरक्रिया कार्यक्रम मा जिल्ला का बिभिन्न पालिका बाट फरक फरक समस्या भएका महिलाहरुलाई बोलाएर उनिहरुको दुख पिडा सार्वजनिक रुपमा सुनिएको थियो। कतिपय महिलाहरु आफ्ना पिडा सुनाउदै रुइ करायो गरका थिय तर आफुले न्यापाउने आसा नरहेको उनिहरुको भनाई रहेको थियो।
उक्त कार्यक्रम मा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी पुस्कर खडका ले यस अभियानले थप उर्जा र सशक्त रुपमा लाग्नु पर्ने बताउनु भएको थियो।यस्ता अभियान ले अभियान का क्रममा मात्र नभएर वर्ष भरी नै बनाउनु पर्ने बताउनु भयो।
हाम्रो समाजमा धार्मिक आर्थिक सामाजिक सांस्कृतिक मधिरा लगायत का कारण ले समाजमा बिकृती फैलिने गरेको ले यस्ता घटना बाट मुक्त हुनका लागी स्थानीय तह र प्रशासन संग संगै ठोस योजना लिएर जानु पर्ने दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी ले बताउनुभयो।
घर टोल समाज गाउँ तथा सार्वजनिक स्थानमाहुने सबै घटना लाइ सम्बन्धित पक्षले जिल्ला प्रहरी कार्यालय मा मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय डोटी का प्रमुख दान बहादुर मल्ल ले बताउनुभयो।
उक्त कार्यक्रम बोल्ने अधिकांश वक्ताले त्यस्तै यस दिवसलाई अवसरमा कार्यक्रम गर्दा बढी महिला पिडित हुने भएकाले महिलालाइ आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउने बताउनुभयो।महिला अझैपनी निर्णयक स्थान सम्म नपुगेका भन्ने हैन महिलालाइ निर्णय स्थान सम्म नपुगाएको बताउनुभयो।महिलालाइ समाजले ब्याक्तीले स्थानीय तहले सहयोग गरि अगाडि बढाउनु पर्ने बताउनु भयो। साथै आफ्नो नगर पालिका बाट महिलालाइ शसक्तिकरण र आत्मनिर्भर बनाउने कार्यक्रममा जोड दिने महिला जनप्रतिनिधिले बताएका थिए।
जिल्ला न्यायाधीश बिशुर काफ्लेको प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी को सभा अध्यक्षतामा आयोजित कार्यक्रममा पिडित महिला ,राजनीतिक दल गैर सरकारी संस्था का प्रतिनिधि, नागरिक समाज, प्रहरी,प्रसासन लगायत को सहभागिता रहेको थियो।
