ओली भन्छन्: कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ

नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमा सँगै हिँड्न तयार रहेको बताएका छन्।

काठमाडौंमा शुक्रबार बाट सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको भन्दै सहकार्य गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका छन्।

Sayalb

देश बनाउन विषयमा कांग्रेससँग एमाले एक रहने बताए। “मुलुकको स्थायित्व, लोकतन्त्र र समृद्धिको यात्रा अघि बढाउन एमाले कांग्रेससँग हातेमालो गर्न तयार छ,” उनले भनेका छन् ।

अध्यक्ष ओलीले कांग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिँड्न सुझावसमेत दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह गरे।

उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिँड्न छाड्नुपर्छ। आफ्नो एजेण्डा लिएर अघि बढोस्।’

Shaileshwori
Bolpatra
Loading...