नेकपा एमाले सायाल सङ्गठन कमिटीको पहिलो बैठक सम्पन्न

प्रेम नेपाली , डोटी ।नेकपा एमाले सायल गाउँपालिका सङ्गठन कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । गत कार्तिक महिनाको २४ गते पालिका सङ्गठन कमिटीको अधिवेशन सम्पन्न भएकोमा सो कमिटीका पदाधिकारी तथा सदस्यहरुले बिबिध कारणवश सपथग्रहण गर्न बाकी रहेको थियो ।

मङ्सिर २५ गते गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष केशवराज उपाध्यायको अध्यक्षतामा पहिलो बैठक बसि सपथग्रहण गराई पार्टी सङ्गठन कमिटीलाई अझै मजबुत बनाउन बिबिध निर्णयहरु गरि बैठक सम्पन्न भएको कमिटिका सचिव गणेश ऐरले जानकारी दिनुभयो ।

 

Sayalb

बैठकमा पालिका सङ्गठन कमिटी अधिवेशनको समिक्षा माथी छलफल गरि कमिटीको सचिवालय समेत गठन गरिएको छ ।
सोही बैठकबाट आगामी पौष ४ गतेबाट सायल क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला स्तरका नेताहरुको नेतृत्वमा पालिकाका ६ वटै वडाहरुमा टोल कमिटी गठन गर्ने पनि कमिटीले निर्णय गरेको छ ।

जस अन्तर्गत सायलको वडा नम्बर १ मा नेकपा एमालेका जिल्ला कमिटी सदस्य धन बहादुर नेपालीको नेतृत्वमा टोल कमिटी गठन गरिने छ त्यसैगरी वडा नम्बर २ र ३ मा जिल्ला कमिटी सचिवालय सदस्य तेज बहादुर डुम्रेल र बिस्ना देवी सिंह , वडा नम्बर ४ मा हर्क बहादुर सिंह , वडा नम्बर ५ मा जिल्ला कमिटी सचिवालय सदस्य सीता बिक , पालिका सङ्गठन कमिटी अध्यक्ष केशवराज उपाध्याय र वडा नम्बर ६ का लागि प्रदेश कमिटी सदस्य सिद्धराज जोशीलाई जिम्मेवारी तोकिएको छ ।


बैठकमा नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले अहिले नेकपा एमाले भित्रको फुटले प्रतिपक्षी हौसाएको र आगामी निर्वाचन पक्का जित्ने भनेर हिडिरहेका बेला हाम्रा पार्टी सङ्गठन कमिटीका जिम्मेवार साथिहरुले आफ्नो सबै क्षमता , बुद्धि बिवेक प्रयोग गरेर सङ्गठनलाई अझै मजबुत बनाएर अगाडि बढ्न समेत आग्रह गरे । साथै उहाले जिल्लाका सबै पालिका , वडा र टोलहरुमा पार्टीको अभियान संचालन गर्नपनी निर्देशन दिनुभयो । मन्तव्य राख्ने क्रममा अध्यक्ष मल्लले अब हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका सबै साथिहरुले जिम्मेवार तथा इमान्दारीताका साथ एकजुट भएर लाग्यौ भने डोटीका धरै स्थानिय निकायमा अझै चुनाब जितिने बताउनु भयो ।

Shaileshwori
Loading...