प्रदेश स्तरीय भलिबल प्रतियोगिता बिजयी टिम डोटी लाइ बाजागाजा सहित नगर परिक्रमा
तेजु ओली/डोटी-सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रथम प्रदेश स्तरीय भलिबल प्रतियोगिताको बिजयी टिमलाइ नगर परिक्रमा गरायको छ ।
प्रतियोगितामा सुदुरपश्चिम का ९ वटै जिल्ला बाट असोज २०-२३ गतेदेखि धनगढी स्थित रंगशालामा सन्चालन भएको थियो । जिल्ला खेलकुद समिति डोटी ले विजेता खेलाडीलाई बाजागाजा, फुलमाला,खादा सहित ट्रयाकसुट हस्तान्तरण गरेर आज नगर परिक्रमा गराएको हो ।
उनीहरुलाई जिल्ला का जिप्रका,नाचन्थली , इन्द्र चोक,शैलेस्वरी परिसर सहित दिपायल लगायतका विभन्न ठाउँमा परिक्रमा गराइएको हो ।भलिबल का विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर परिक्रमा गराएको थियो।
उपाधिसंगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको थियो थियो। कडा प्रतिस्पर्धा का साथ आफ्नो टिम मिलेर खेलेकाले उक्त जित हासिल गर्न सफल भएका भलिबल टिमडोटीका टिम क्याप्टेन जनक खड्का ले बताउनुभयो।
आज जुन जिल्ला ले आयोजना गरेर नगर परिक्रमा गरायो यसले खेलाडी हरु उत्साहित र खुसी भएका भलिबल का राष्ट्रिय खेलाडी डम्मर भट्टराई ले बताउनुभयो।
बिजय भए संगै नगर परिक्रमा गराइने भनिए पनि चाडपर्व लगायतका बिभिद कारण ले झण्डै दुई महिना ढिला गरेको थियो। आफु समिति को अध्यक्षमा आउने बितिकै खेलाडी ले भलिबल मा प्रथम स्थान डोटी लाइ दिएकोमा आफ्नो छाति चौडा भएको खेलकुद समिति का अध्यक्ष नरेश मलासीले बताउनुभयो ।
आफुले प्रदेश सरकार बाट खेलकुद क्षेत्रमा कुनै सहयोग नपाएको बताउदै स्थानीय तहसंग हातेमालो गरेर खेलाडी को हक हितका लागि कटिबद्ध भएर लाग्ने बताउनुभयो।
आज जिल्ला सदरमुकाम सिलगढी मा जिल्ला खेलकुद समिति को हलमा आयोजित कार्यक्रममा दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी, जिल्ला प्रहरी कार्यालय डोटी का प्रमुख, बिभिन्न खेलका खेलाडीहरु, स्थानीय,लगायत पत्रकार,को सहभागिता रहेको थियो।