डोटीमा पनि सातौँ राष्ट्रिय योग दिवस मनाइयो

डबल बम, डोटी
डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको शैलेश्वरी मन्दिरमा योग शिविर सम्पन्न भएको छ । नागरिक आरोग्य केन्द्र डोटी र पतञ्जलि योग समिति डोटीको संयुक्त साझेदारीमा योग दिवस मनाइएको हो । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइए पनि डोटी जिल्लामा भने भौतिक दुरी कायम गरी योग दिवस मनाइएको नागरिक आरोग्य सेवा केन्द्र सिलगढीका प्रमुख वीर बहादुर बोहराले जानकारी दिनुभएको छ ।

Sayalb

पतञ्जलि योग समिति डोटीका अध्यक्ष राजीव श्रेष्ठले योग अभ्यासले मान्छेलाई स्वच्छ तन्दुरुस्त राख्नुका साथै हिष्ट पुष्ट राख्ने कुरामा समेत मदत गर्ने बताउनुभएको थियो । यस्तै कार्यक्रमको अन्त्यमा नागरिक आरोग्य केन्द्रका प्रमुख बोहराले योगको नियमित अभ्यास गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित सुरक्षाकर्मी , स्वास्थ्यकर्मी तथा सर्वसाधारण लाई योग अभ्यास गराइ योग दिवस मनाइको हो ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेपछि डोटीमा पनि भौतिक दुरी कायम गरी दिवस मनाइएको हो ।

Shaileshwori
Loading...